८ वैशाख २०८१ शनिबार
राजनीति

तालमेलले राम्रो परिणाम ल्याउँछः दाहाल

प्रधानमन्त्री एवं माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल। फाइल तस्विर

चितवन— प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचनमा हुने तालमेलले राम्रो परिणाम ल्याउने बताएका छन्। भरतपुरको केन्द्रीय बसपार्कमा आयोजित काँग्रेस(माओवादी संयुक्त सभालाई सम्बोधन गर्दै उनले तालमेलको विरोध हुने गरे पनि त्यसले राम्रो परिणाम दिने दाबी गरेका हुन्।

'गठबन्धनको पहिला पनि आलोचना हुने गरेको थियो। तर त्यतिबेला पनि गठबन्धनले काम गरेको थियो', उनले भने, 'उम्मेदवारी दर्ताअघि गठबन्धन भएको भए राम्रो सन्देश जाने थियो। तर पनि गठबन्धनले जित्छ।'

महानगरको साँचो माओवादीलाई सुम्पिनु रणनीतिक रुपमा काँग्रेस भरतपुरमा सधैँ पछि पर्नु हो भन्ने किसिमका बहसहरु सार्वजनिक स्थलहरुमा नरोकिएपछि त्यसलाई साम्य पार्ने प्रयासस्वरुप बिहीबार संयुक्त सभा अायोजना गरिएको हो।

काँग्रेस सभापति शेरबहादुर देउवाको ठाडो निर्देशनमा जबर्जस्ती उम्मेदवारी फिर्तामा परेका दिनेश कोइरालाको त्यागलाई इतिहासले मूल्यांकन गर्ने उनले बताए।

भरतपुर महानगरपालिकामा काँग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ। सभापति देउवाको निर्देशनमा नेपाली काँग्रेसले मेयरमा माओवादी उम्मेद्वार रेणु दाहाललाई सघाउँदैछ। उपमेयरमा माओवादीले काँग्रेस उम्मेद्वार पार्वती शाहलाई मत हाल्ने तालमेल छ। काँग्रेसले मेयर छोडेबापत सबै वडा अध्यक्ष आफूले पाउनु पर्ने दाबी गर्दै आएको छ। माओवादीले सो प्रस्ताव स्वीकारेको छैन।

काँग्रेसको पकड क्षेत्र मानिएको भरतपुमा काँग्रेसबाट दिनेश कोइरला मेयर प्रत्यासी थिए। चितवन काँग्रेसले एक्लै प्रतिस्पर्धा गर्दा पनि चुनाब जितिने निष्कर्ष निकाल्दै माओवादीसँग तालमेल गर्न अस्वीकार गरेको थियो। पार्टीका स्थानीय समितिहरुले एक्लै चुनाबमा जाने निर्णय गरिसकेको अवस्थामा सभापति शेरबहादुर देउवाले केन्द्रबाट जिल्ला निर्वाचन कार्यालय चितवनलाई उम्मेदवारी फिर्ताका लागि आफैँले पत्र पठाएका थिए।

काँग्रेस बलियो भएको भरतपुरमा मेयर उम्मेद्वार फिर्ता लिने विषय गलत भएको भन्दै सुरुमा काँग्रेस समर्थकहरु आक्रोशित भएका थिए। पछिल्लो समय जिल्ला नेतृत्वले संयुक्त कार्यक्रमहरु गरेर कार्यकर्ताहरुलाई मनाउने प्रयास गर्दै आएको छन्। काँग्रेसले समर्थन गरेको मओवादी उम्मेद्वार रेणु दाहाल प्रधानमन्त्री दाहालकी छोरी हुन्। महानगरको साँचो माओवादीलाई सुम्पिनु रणनीतिक रुपमा काँग्रेस भरतपुरमा सधैँ पछि पर्नु हो भन्ने किसिमका बहस र चर्चा सार्वजनिक स्थलहरुमा नरोकिएपछि त्यसलाई साम्य पार्दै सकारात्मक सन्देश दिने प्रयासस्वरुप बिहीबार संयुक्त सभा अायोजना गरिएको हो।

प्रकाशित: २८ वैशाख २०७४ ०९:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App