७ वैशाख २०८१ शुक्रबार
समाज

खोलामा डुबेर एकको मृत्यु एक बेपत्ता

गुल्मी – गुल्मीको बढीघाट खोलामा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गएको छ । चन्द्रकोट गाउँपालिका अन्तर्गत मजुवा बजार नजिकै बढीघाट खोलामा जाल खेलेर माछा मार्ने क्रममा जालमा अल्झिएर चन्द्रकोट गाउँपालिका ८ का २५ वर्षीय युवराज रजालीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

बाढी आएका कारण धमिलो खोलामा माछा मार्ने क्रममा जाल खेलिरहेका रजाली जालमा अल्झिएर खोलामा डुब्दा उनको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।

त्यसैगरी सोही खोलामा पौडी खेल्ने क्रममा एक जना बालक बेपत्ता भएका छन् । चन्द्रकोट गाउँपालिका अन्तर्गत पुलको मुखमा पौडी खेल्ने क्रममा दवार गाउँपालिका १ बलिथुम निवासी १३ वर्षीय राजेन्द्र परियार बेपत्ता भएका हुन् ।

बुधवार खोलामा बगेर बेपत्ता  बनेका परियार अझै फेला परेका छैनन् । खोला धमिलो भएका कारण उनको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ ।   

प्रकाशित: २८ वैशाख २०७४ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App