८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुपाल्चोकमा बस खस्दा दम्पतीको मृत्यु

सिन्धुपाल्चोक – काठमाडौबाट दोलखा जाँदै गरेको बा ३ ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुने दम्पती हुन्।

जिल्ला ट्राफिक प्रहरी कर्यालय सिन्धुपाल्चोकका सइ उपेन्द्र बुढाथोकीका अनुसार तीब्र गतिको बस अनियन्त्रित भर्इ सडकबाट दस मिटर तल खस्दा लामिडाँढा ४ दोलखाका ५९ वर्षीय मुक्ति घिमिरे र उनकी पत्नी रत्नकुमारी घिमिरेको मृत्यु भएको हो ।

मुक्तिको उपचारको क्रममा र रत्नकुमारीको घटनास्थलमै मृत्यु सई बुढाथोकीले बताए। घटनामा ३४ यात्रु घाइते भएका छन्। घाइतेमध्ये गम्भीर नौ जनालाई प्राथमिक उपचारपछि थप उपचारको लागि धुलिखेल अस्पताल लगिएको छ। २५ घाइतेको खाडीचौरस्थित सदाबहार अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७४ ०९:१४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App