coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काँग्रेसको पक्षमा जनलहर रहेको दाबी

काठमाडौं—नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको पहिलो चरण अन्तर्गत वैशाख ३१ गते हुन गइरहेको निर्वाचनमा आफ्नो पक्षमा जनलरहर रहेको दाबी गरेको छ। निर्वाचनले उत्सवको रुप लिएको भन्दै काँग्रेसले आफ्नो पक्षमा पक्षमा जनलहर देखिएको ठहर गरेको हो।

निर्वाचन प्रचारको अन्तिम दिन बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा चुनाब प्रचार उपसमिति संयोजक रमेश लेखकले तालमेल र एक्लै उम्मेदवारी दिएका गरी काँग्रेसले ६० देखि ६५ प्रतिशत स्थानमा चुनाब जित्ने दाबी गरे।

निर्वाचन प्रचारको अन्तिम दिन बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा चुनाब प्रचार उपसमिति संयोजक रमेश लेखकले तालमेल र एक्लै उम्मेदवारी दिएका मध्ये काँग्रेसले ६० देखि ६५ प्रतिशत स्थानमा चुनाब जित्ने दाबी गरे।

'काँग्रेसकै नेतृत्वमा संविधान बन्यो र काँग्रेसकै पहलमा संविधान कार्यान्वयन हुन्छ भनेर पक्षमा जनलहर हाम्रो पक्षमा देखिएको छ। अहिलेसम्मको आन्तरिक अध्ययनले काँग्रेसले ६०-६५ प्रतिशत स्थानमा जित्ने देखाएको छ', उनले भने।

काँग्रेसले पूरा सक्ने मात्र वाचा गर गर्न नसक्ने विषयमा बाचा नगर्ने नेता लेखकले बताए।

'पहिलो संविधान सभामा काँग्रेस हार्दा संविधान बन्न सकेन। दोस्रोमा काँग्रेसले जितेपछि संविधान बनेको हो। यो कुरा मतदाताले अनुभव गरेका छन्', उनले भने।

संविधानको आधारभूत मान्यता र अग्रगामी पक्षधरहरुसँग काँग्रेसले तालमेल गरेको उनले बताए। एमालेको तालमेल संविधान विरोधी र प्रतिगामी कित्तासँग भएको उनको आरोप थियो। कोही गणतन्त्रविरोधी कोही संघीयता विरोधीसँग एमालेले तालमेल गरेको उनको भनाइ थियो।

दोस्रो चरणको निर्वाचनमा पनि संविधानका आधारभूत तत्वसँग सहमत हुने र कार्यान्वयनको पक्षमा रहेका दलहरुसँग तालमेलको सम्भावना रहेको उनले बताए।

पहिलो चरणको निर्वाचनपछि पूर्वसहमति अनुसार काँग्रेस नेतृत्वमा सरकार बन्ने उनले जानकारी दिए। गठबन्धन यही रहने उनको भनाइ थियो।

प्रकाशित: २८ वैशाख २०७४ ०९:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App