७ वैशाख २०८१ शुक्रबार
अन्य

मतदाता परिचयपत्र वितरण सुरु

काठमाडौंको कपनस्थित बालउद्धार मावि मतदान केन्द्रबाट मतदाता परिचय पत्र लिँदै मतदाताहरु। तस्विरः गुणराज लुइँटेल

काठमाडौं— वैशाख ३१ मा हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले बिहीबार बिहानैदेखि परिचय पत्र वितरण सुरु गरेको छ। ६ हजार ६ सय ४२ मतदान केन्द्रबाट मतदाता परिचयपत्र वितरण थालिएको हो। । मतदाता परिचय पत्र वितरण गर्न निर्वाचन आयोगले विभिन्न निर्वाचन केन्द्रमा निर्वाचन अधिकृतसहितको टोली खटाएको छ।

मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र क्युआर कोड राखिएको फोटोसहितको मतदाता परिचय पत्र वितरण गरिएको छ। पानीबाट बचाउन लेमिनेसनसमेत गरिएको छ।

आगामी वैशाख ३१ मा हुने पहिलो चरणको स्थानीय तह निर्वाचनको लागि ४९ लाख ५६ हजार ९ सय २५ मतदाताको मतदान केन्द्रबाट वितरण भइरहेको छ। ‘विभिन्न मतदान गर्ने केन्द्रबाट परिचय पत्रसहित आफैँ उपस्थित भएर मतदाता परिचयपत्र लिन सकिन्छ । त्यसबाहेक एउटै घरका सदस्यले स्थानीय जनप्रतिनिधिको रोहवरमा मतदाता परिचय पत्र लानसक्नेछन्,’निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने,‘स्थानीय तह निर्वाचनका लागि विशेष प्रकारको तस्वीर र बारकोड प्रयोग गरेर नयाँ परिचयपत्र तयार भएको हो।'

मायड प्यान्टोग्राफ, माइक्रो टेस्ट, वाटरमार्क र क्युआर कोड राखिएको फोटोसहितको मतदाता परिचय पत्र वितरण गरिएको छ। पानीबाट बचाउन लेमिनेसनसमेत गरिएको छ। आगामी वैशाख ३० सम्म मतदाता परिचय पत्र वितरण हुने आयोगले जनाएको छ।

प्रकाशित: २८ वैशाख २०७४ ०८:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App