८ वैशाख २०८१ शनिबार
समाज

सिन्धुपाल्चोकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, १३ जना घाइते

सिन्धुपाल्चोक- काठमाडौंबाट दोलखा जाँदै गरेको बा३ख ५०५६ नम्बरको बस सिन्धुपाल्चोकको पाङ्ग्रेटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा १३ जना घाइते भएका छन्।

जिल्ला ट्राफिक प्रहरी कर्यालय सिन्धुपाल्चोकका सइ उपेन्द्र बुढाथोकीका अनुसार तीब्र गतिको बस अनियन्त्रित भइ सडकबाट दस मिटर तल खसेको थियो।

घटनामा मत्यु भएकी अन्दाजी ४०-४५ वर्ष उमेरकी महिलाको सनाखत हुन सकेको छैन। घाइतेहरुको खाडीचौरस्थित सिन्धुसदाबहादर हस्पतालमा उपचार भइरहेको सइबुढाथोकीले बताए। उनका अनुसार एक वृद्ध गम्भीर घाइते छन्।

प्रकाशित: २८ वैशाख २०७४ ०७:३१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App