सडक दुर्घटनामा एकको मृत्यु, तीन घाइते

बिहिबार, २८ बैशाख २०७४, १२ : ०८ नागरिक

राजविराज –  पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको खड्क नगरपालिका–७मा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार एक व्यक्तिको बिहीबार मृत्यु भएको छ । 

मृत्यु हुनेमा सप्तरीकै डाक्नेश्वरी नगरपालिका–१० बस्ने २४ वर्षीय जगनाथ चौधरी रहेको प्रहरीले जनाएको छ । 

पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको स१त २०८४ नंको ट्र्याक्टरले विपरीत दिशाबाट जाँदै गरेको स७प ७९०० नंको मोटरसाइकललाई ठक्कर दिएको थियो । 

ठक्करबाट गम्भीर घाइते चौधरीलाई उपचारका लागि लहानस्थित एक अस्पतालमा भर्ना गरे पनि उपचारका क्रममा बिहीबार मृत्यु भएको इप्रका, कल्याणपुरले जनाएको छ ।  ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

यस्तै सप्तरीकै सुरुङ्गा नगरपालिका–१ मा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा तीनजना घाइते भएका छन् । 

गाईघाट–कदमाहा सडकखण्डअन्तर्गत पर्ने सो ठाउँमा गाईघाटबाट लहानतर्फ जाँदै गरेको अन टेस्ट मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना भएको हो । 

घाइते हुनेमा मोटरसाइकल चालक सुरुङगा नगरपालिका–१ बस्ने सुलेन्द्रराम मोटरसाइकलको पछाडि सवार सुरेन्द्र राम र चन्द्रजित राम रहेका छन् । 

उनीहरुको लहानस्थित सप्तऋषि अस्पतालमा उपचार भइरहेको इप्रका, भेडियाले जनाएको छ । रासस 








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad