१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘आफ्नो मान्छेलाई जिताउन मन छ तर चुनाबको मिति नै थाहा छैन्’

छाप्रोमा काम गर्दै कुचेरामका श्रीमान श्रीमती । तस्बिर : गणेश बिक

रुकुम– स्थानीय तहको चुनाव नजिकिएसँगै मुसीकोट नगरपालिका–६, सोलावाङमा चुनावी सरगर्मी निकै बढेको छ । यहाँका मतदाता आफ्नो उम्मेदवार जिताउँन चुनावी प्रचार प्रसारमा व्यस्त छन् । तर यहीं नजिकैका ६० वर्षीय कुचेराम सुनारको भने वैशाख ३१ गते अरु नै योजना छ । उनलाई सोही दिन स्थानीय तहको चुनाव हुने सम्म थाहा छैन् । उनी चुनाबबारे पुरै बेखबर छन् । हालसम्म उनको घरमा कोही पनि भोट माग्न आएका छैनन् र मतदाता शिक्षाका लागि खटिएका कर्मचारी पनि आएका छैनन् ।

‘गरिब तथा विपन्न परिवार भएकाले नआएका होलान् ’ - कुचिराम

सूचना पाउने उनीसँग रेडियो पनि छैन् । नत गाउँ घरका व्यक्तिहरु आएर उनी संग कुराकानी नै गर्छन् । ‘२०६४ सालमा भएको संविधान सभाको चुनावमा सहभागी भएको हुँ’ कुचीरामले भने, ‘त्यस यताको चुनावमा सहभागी भएको छैन् ।’ ‘अहिलेको चुनावका बारेमा त झनै थाहा छैन्’।

‘घर सम्म नेताहरु आए थाहा हुने हो’ उनले भने, ‘कि त मतदाता शिक्षामा खटिएका कर्मचारी आए थाहा हुने हो ।’ ‘अहिले सम्म घरमा चुनावका बारेमा कुरा गर्न कोही आएको छैन्’ उनले भने । ‘भोट हालेर आफ्ना मान्छेलाई जिताउन मन छ’ उनले भने, ‘तर चुनावको मिति नै थाहा छैन् ।’ उनी घरमै काम गरिरहेका हुन्छन् । गाउँ घर त्यति नजाने भएकाले पनि आफू चुनावको मितिबारे जानकार नभएको उनले बताए ।

उनीसम्म केही सूचना आइपुग्दैन् । श्रीमती कुती बोल्न सक्दिनन् भने कुचेराम कान कम सुन्छन् । ‘सडक छेउमै घर भएकाले मान्छेहरु आवतजावत गरेको त थाहा हुन्छ’ कुचेरामले भने, ‘तर चुनावकै लागि हो भन्ने थाहा थिएन् ।’ उनलाई चुनावमा को को उठ्दै छन् भन्ने पनि थाहा छैन् । नागरिककर्मीले जानकारी दिएपछि मात्र उनी झसंग भए । उनले भने ‘ओहो बाबु तपाइ यहाँ नआएको भए चुनावमा सहभागी हुन नपाइने रहेछ ।’

‘मेरा दुःख म सँगै छन् ,हाल सम्म कसैले सहयोग गरेको छैन् ,अब पनि के सहयोग गर्लान’

‘उम्मेदवारहरु हाम्रो घर सम्म किन आएनन् त’ उनले भने, ‘गरिब तथा विपन्न परिवार भएकाले नआएका होलान् ।’ ‘मेरो मत पनि निर्णायक हुन सक्छ’ उनले भने, ‘त्यतिबेला मात्र थाहा हुने छ उनीहरूलाई ।’ यता निर्वाचन कार्यालयले भने मतदाता शिक्षा कार्यक्रम निकै प्रभावकारी भएको जनाएको छ । सबैको घर घरमा पुगि मतदाता शिक्षा दिइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

मतदान गर्ने तरिका थाहा छैन्

उनलाई मतदान गर्ने तरिका समेत थाहा छैन् । ‘मतदान केन्द्रमा मतपत्र हुन्छ’ उनले भने ‘त्यस मतपत्रमा ल्याप्चे गरी सही गर्ने हो ।’ पुरानो मतपत्रमा मतदान गरेका उनलाई यस पटकको मतपत्र निकै कठिन हुने छ । उनले २०६४ सालको चुनावमा यसै गरी मतदान गरेका थिए भने त्यो बदर भएको हुनु पर्छ । यस पटक पनि उनले यसैगरी मतदान गर्नेछन् । यसरी गरिएको मत पत्र स्वतः बदर हुने छ । उनलाई मतदाता शिक्षाको आवश्यकता छ । बदर भयो भने आफूले दिएको मतको अर्थ नहुने उनले बताए ।

आशा छैन्

२०६४ सालको पहिलो संविधान सभाको चुनावमा भोट खसालेका कुचेरामले उम्मेदवारहरूबाट केही अपेक्षा गरेका छैनन् । ‘त्यतिबेलाको चुनावमा धेरै अपेक्षा थियो’ उनले भने ‘जितेर गएपछि सहयोग गरेनन् ।’ ‘म एक विपन्न परिवार भएकाले मैले आश मान्नु स्वभाविक थियो’ उनले भने । हाल उनी नेताप्रति त्यति विश्वस्तः छैनन् । उनले भने ‘मेरा दुःख म सँगै छन् ।’ ‘हाल सम्म कसैले सहयोग गरेको छैन् ।’ ‘अब पनि के सहयोग गर्लान’ ।

 

प्रकाशित: २८ वैशाख २०७४ ०५:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App