७ वैशाख २०८१ शुक्रबार
राजनीति

धुलिखेल वडा नम्बर १२ को निर्वाचन स्थगित

बनेपा—स्थानीय तह निर्वाचनअन्तर्गत धुलिखेल नगरपालिका वडा नं १२ मा वडा सदस्यका उम्मेदवार सुकुलाल तामाङको मृत्यु भएपछि सो वडामा निर्वाचन वैशाख ३१ मा नहुने भएको छ।

साविकको शंखुपाटीचौर गाविस ९हाल वडा नं १२० मा राप्रपाबाट सदस्यमा उम्मेदवार बनेका ५७ वर्षिय तामाङको कालगतिले घरमै मृत्यु भएको राप्रपाका नेता टुल्कु लामाले जानकारी दिए।

स्थानीयका अनुसार तामाङ सुगर र प्रेसरका बिरामी थिए। विहीबार विहान अबेरसम्म नउठेपछि परिवारले हेर्दा तामाङ मृत अवस्थामा फेला पारेका थिए।

काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवप्रसाद सिमखडाले घटनाबारेमा निर्वाचनमा आयोगमा जानकारी गराइएको बताए, ‘राप्रपाबाट मृत्यु भएको आधिकारिक जानकारी आएलगत्तै सो वडामा निर्वाचनको पुनः कार्यक्रम सुरु हुनेछ । यसबाट धुलिखेल नगरपालिकाको नतिजा आउन केही समय ढिलाई हुन्छ’, उनले भने ।
 

प्रकाशित: २८ वैशाख २०७४ ०४:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App