coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

रेनोलको 'लिभ फर मोर' कार सार्वजनिक

काठमाडौं- रेनोल नेपालले क्विड ह्याचब्याकको विशेष संस्करणसहित 'लिभ फर मोर' कार सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरी लिभ फर मोर एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ।

क्विड १.० लीले कम्प्याक्ट ह्याचब्याक सेगमेन्टका कारहरु खरिद गर्न चाहने ग्राहकका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्ने रेनो नेपालले जनाएको छ। रेनोलको ग्राहकले २० लाख ९८ हजार रुपैयाँमा उक्त कार खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

क्विड आकर्षक, आविश्कारिकका साथै किफायती समेत रहेको कम्पनीले जनाएको छ। रेनोल क्विड १.० ली स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिन बजारमा अनावरण गरिएको हो।

आकर्षक डिजाइन

विश्वव्यापी डिजाइन भएका कारण उक्त कार अन्तर्राष्ट्रिय मापदण्डको भएको कम्पनीले जनाएको छ। यसमा क्विड १.० ली स्मार्ट कन्ट्रोल इफिसिएन्सी इन्जिनलाई उत्कृष्ठ बनाइएको छ। इफिसिएन्सी इन्जिनले ठूलो विविधिकरण ल्याएको छ। क्विड एउटा कारको रुपमा ग्राहकको 'लिभ फर मोर' को चाहनालाई पूरा गर्ने स्थानमा रहेको कम्पनीको दाबी छ।

डबल ओभर हेड कामसफ्टको फोर भल्भ पर सिलिन्डर न्यूनतम प्रेसरमा पनि उच्च कार्य क्षमता देखाउदै धेरै मात्रामा एयर फिलिङ गर्ने कम्पनीको भनाइ छ।  जसका कारण लो इन्ड, मिड रेन्ज तथा हाई एन्ड रेभ ब्यान्डमा पनि इन्जिनले आवश्यक उर्जा दिन्छ। उच्चतहको प्रविधियुक्त इन्जिनले सहरी सडकमा मात्रै नभएर जुनसुकै राजमार्गमा पनि यात्रालाई सहज बनाउने कम्पनीले जनाएको छ।

रेनोलको विशेषता 

एसयुभीबाट प्रेरित भएको डिजाइन, ७ इन्चको टचस्त्रि्कन मिडिया नाभ सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वान टच लेन चेन्ज इन्डिकेटर, रेडियो स्पिडको आधारमा नियन्त्रण हुने भोल्युम, लोड लिमिटर्स विथ प्रिटेन्सनर्स प्रो–सेन्स सिट बेल्ट।

२० लाख ९८ हजार रुपैयाँदेखि माथिको मूल्यमा उपलब्ध । अल न्यू पावरफुल १.० ली इन्जिनले यसको स्तरमा उत्कृष्ट कार्यक्षमता। क्विड १.० ली ले यसको लम्बाइ, तौलको तुलनामा शक्ति, बूट स्पेस, ग्राउन्ड क्लियरेन्स तथा उच्च प्रविधिको प्रयोग।

कारमा तीन सय लिटरको बुट क्यापासिटी, एर्गो स्मार्ट क्याबिन, मल्टिपल स्टोरेज स्पेस, अपर सेगमेन्ट बडी डाइमेन्सन, इन्टेरियर स्पेस, सर्भिस पार्ट मर्मत लागत, राइड एन्ड ह्यान्डलिङ, पर्सनलाइजेसन अप्सन।

प्रकाशित: २८ वैशाख २०७४ ०४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App