coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

पन्जाबको प्लेअफ सम्भावना जीवित

मोहाली- किङ्स–११ पन्जाबले इन्डियन प्रिमियर लिगको जित्नै पर्ने खेलमा कोलकाता नाइट राइडर्सलाई १४ रनले पराजित गर्दै प्लेअफ खेल्ने सम्भावनालाई जीवितै राखेको छ। मंगलबार अबेर राति मोहालीमा टस हारेर सुरुआतमा ब्याटिङ गरेको पन्जाबका लागि कप्तान ग्लेन म्याक्सवेलले ४४ रनको योगदान गरे।

कप्तान म्याक्सवेलले २५ बलमा १ छक्का र ४ चौका प्रहार गरेपछि पन्जाबले ६ विकेटको नोक्सानीमा १ सय ६७ रन जोडेको थियो। जबाफमा कोलकाताका लागि ओपनर क्रिज लेनले ५२ बलमा ८४ रनको योगदान गरे पनि टोलीले सफलता हासिल गर्न सकेन।

कोलकाताले ६ विकेटको नोक्सानीमा १ सय ५३ रन मात्र जोड्न सक्यो। आइपिएलमा छैटौं जित हासिल गरेको पन्जाबले १२ अंक जोडेको छ। प्लेअफ पुग्नका लागि अझै दुई खेल जित्नुपर्नेछ।

पन्जाबले आगामी खेलमा अंकतालिकाको शीर्ष टोली मुम्बई इन्डियन र राइजिङ पुने सुपरजायन्टसँग प्रतिस्पर्धा गर्नेछ। मंगलबार पन्जाबसँग पराजित भएको कोलकाता नाइट राइडर्स १६ अंकका सात दोस्रो स्थानमा छ।  लिग चरणको अन्तिम खेलमा कोलकाताले मुम्बई इन्डियन्ससँग खेल्नेछ।

'हामीले १०–१५ रन कम बनाएका थियौं। तर मैदानमा राम्रो गर्न सक्यौं। फिल्डर र बलरले उत्कृष्ट प्रदर्शन गरे',  पन्जाबका कप्तान म्याक्सवेलले भने, 'गतिलो रन जोड्न नसकेको अवस्थामा बलरले कसरी खेल्नुपर्छ भन्ने उनीहरूलाई थाहा थियो। बलरले आफ्नो जिम्मेवारी पूरा गरे। त्यसमा हामी खुसी छौं। अझै पनि उनीहरूको अनुहारमा तनाव देखिन्छ। तर हामीले घरेलु समर्थकलाई खुसी हुने अवसर दिएका छौं।'

लेन र सुनील नारिनले २२ बलमा ३९ रन जोड्दै कोलकाताको सुरुआतलाई सानदार बनाउने प्रयास गरेका थिए। चौथो ओभरमा नारिन मोहित शर्माको बलमा बोल्ड भए। तर लेनले लगातार उत्कृष्ट ब्याटिङलाई निरन्तरता दिइरहे। ७८–२ को अवस्थामा रहेको बेला भने कोलकाताले आफ्नो लय गुमाएको थियो।

दोस्रो विकेटको रूपमा कप्तान गौतम गम्भीरलाई गुमाउँदा कोलकाताले ७८ रन जोडेको थियो। १० ओभरमा गम्भीर ८ रन जोडेको बेला राहुल टिवाटाइको बलमा सुवान मार्सबाट क्याच भए।  तर लगत्तै रोबिन उथप्पालाई पनि स्पिनर राहुलले आउट गरेपछि कोलकातामाथि दबाब बढेको थियो। पन्जाबका मोहितले २४ रन खर्चेर २ विकेट लिए।

कोलकाताका लेनले ५२ बलमा ८४ रन जोडेर पन्जाबलाई तनाव दिने प्रयास गरे। ८ चौका र ३ छक्का प्रहार गरेका लेन १८ ओभरमा आउट भएपछि भने पन्जाबलाई जित हासिल गर्न सहज बन्दै गएको थियो। लेन रनआउट भएका थिए। 'मलाई लाग्छ म (गौतम) र रोबिन उथप्पा आउट हुनु खेलको मुख्य निर्णायक मोड थियो,' कोलकाताका कप्तान गम्भीरले भने, 'यसको श्रेय पन्जाबका खेलाडीलाई जान्छ। उनीहरूले अन्तिमसम्म उत्कृष्ट खेले। उनीहरूले हामीलाई सहजै रन लिन दिएनन्।'

खेलमा पन्जाबले टोलीका सर्वाधिक रनकर्ता हासिम अमलालाई सुरुआती ब्याटिङमा गुमायो। राष्ट्रिय टोलीका लागि दक्षिण अफ्रिकाका ओपनिङ ब्याट्सम्यानले आइपिएल खेल छोड्दै स्वदेश फर्किएका छन्। पन्जाबका ओपनर मार्टिन  गुप्टिल नारिनको बलमा एलबिडब्लु आउट भए।

कोलकाताका क्रिज वोक्सले २० रन खर्चेर २ विकेट लिएपछि पन्जाब नवौं ओभर सकिँदा ५६–३ को स्थितिमा संघर्ष गरिरहेको थियो। चौथो विकेटका लागि म्याक्सवेल र ऋद्धिमान साह (३८) ले ७१ रनको साझेदारी गर्दै पन्जाबको स्कोरलाई बढाउन मुख्य भूमिका खेले। तर पन्जाबले राम्रो ब्याटिङ गरिरहेको बेला दुवै ब्याट्सम्यानलाई २ ओभरको अन्तरमै गुमाउन पुग्यो। दुवै ब्याट्सम्यान कुलदीप यादवको बलमा आउट भएका थिए।

म्याक्सवेल स्पिनर कुलदीपबाट १६आंै ओभरमा आउट भए। १८ ओभरमा साह ३३ बलमा ३९ रन बनाउँदै आउट भए।

प्रकाशित: २८ वैशाख २०७४ ०३:०३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App