coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बजेटअघि नै चुनाव : ओली

काठमाडौं- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बजेटअघि नै दुवै चरणको निर्वाचन गर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सुझाएका छन्। संविधान संशोधन प्रस्तावमा समर्थन खोज्न बुधबार बिहान ओली निवास बालकोट पुगेका देउवालाई निर्वाचनको बीचमा बजेट नल्याउन ओलीले आग्रह गरेका हुन्।

बजेटले निर्वाचन परिणाममा प्रभावित गर्न सक्ने भन्दै ओलीले देउवासँग असन्तुष्टि जनाएका थिए। जबाफमा देउवाले संवैधानिक व्यवस्थाअनुसार रेगुलर बजेट मात्र ल्याउने ओलीलाई आश्वासन दिएका छन्। सभापति देउवाले दोस्रो चरणको निर्वाचन अघि सार्न सक्ने अवस्था नरहेको बतएका थिए। यस्तै उनले संविधानअनुसार जेठ १५ मै बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थालाई निरन्तरता दिनु सरकारका लागि बाध्यात्मक अवस्था रहेको पनि बताएका थिए।

कांग्रेस सभापति देउवाले निर्वाचनमा सबै पक्षको सहभागिता सुनिश्चित गर्न संसद्मा पेस भएको संशोधन प्रस्तावमा सहयोग गर्न आग्रह गरेका थिए। तर ओलीले निर्वाचनअघि संशोधन प्रक्रिया अगाडि नबढाउन आग्रह गरेका थिए। 'संशोधनमा सभापतिले सहयोग माग्नुभयो,' सभापति देउवालाई उद्धृत गर्दै स्वकीय सचिव भानु देउवाले भने, 'पहिला चुनाव गरांै त्यसपछि छलफल गरौंला।'

सरकारले पेस गरेको संशोधनमा एमालेको समर्थन नरहेको पुरानो अडान ओलीले दोहोर्‍याएका थिए। 'हाम्रो पोजिसन यथावत् छ,' ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो, 'जे विषय आएका छन् त्यसमा समर्थन गर्न सकिँदैन। निर्वाचनको बीचमा यसलाई अघि नबढाउँदा राम्रो हुन्छ।'

प्रकाशित: २८ वैशाख २०७४ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App