८ वैशाख २०८१ शनिबार
राजनीति

‘ओबिओआरमा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्ध नयाँ उचाईमा’

बेइजिङ— चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले वान बेल्ड वान रोड (ओबिओआर) परियोजनामा नेपालको सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाई प्रदान गर्ने बताएका छन्। २५६१ औं बुद्ध जयन्तीका अवसरमा नेपाली दूतावास बेइजिङले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बुधबार उनले सो सहभागिताले दुई छिमेकीबीच आर्थिक मात्र नभई सांस्कृतिक निकटता बढाउने विश्वास व्यक्त गरे।

‘चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रस्ताव गरेको ओबिओआर समिटमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउँदैछ। समिटमा हाम्रो सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनेछ’, राजदूत पौडेलले भने। 

शाख ३१ र जेठ १ गते बेइजिङमा ओबिओआर फोरम फर इन्टरनेशनल कोअपरेशन सम्मेलन हुँदैछ। सम्मेलनमा सहभागी हुन आउने अर्थमन्त्री कृष्णबहादुर महराले ६५ देशसम्म पुग्ने ओबिओआर परियोजनामा हस्ताक्षर गर्ने कार्यक्रम छ। भौतिक योजना तथा यातायातमन्त्री रमेश लेखक एवं सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्की पनि बेइजिङ आउँदैछन्।

‘चिनियाँ राष्ट्रपति सी जिङपिङले प्रस्ताव गरेको ओबिओआर समिटमा नेपालको उच्चस्तरीय प्रतिनिधिमण्डलले सहभागिता जनाउँदैछ। समिटमा हाम्रो सहभागिताले दुई छिमेकीबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउनेछ’, राजदूत पौडेलले भने। 

नेपाली दूतावासका अनुसार नेपालको उच्च स्तरीय प्रतिनिधिमण्डलले चीनमा रहँदा अन्य दुई सम्झौतामा पनि हस्ताक्षर गर्नेछ। अन्तरदेशीय आर्थिक करिडोर तथा उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने बताइएको छ।

 

प्रकाशित: २७ वैशाख २०७४ १३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App