coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

गाउँपालिकाका अध्यक्ष उम्मेदवार माथी बोतल प्रहार

बाग्लुङ- जिल्लाको बरेङ गाउँपालिकामा अध्यक्ष उम्मेदवार माथी बोतल प्रहार भएको छ। बरेङ—२ बराहकोट चौतारामा नेपाली काँग्रेस र माओवादी केन्द्रका साझा अध्यक्षका उम्मेदवार प्रदीप थापा मगर माथी बोतल प्रहार भएको हो । बुधबार विहान नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको संयुक्त चुनावी सभा भइरहेको बेला बरेङ गाउँपालिकाका अध्यक्ष पदका उम्मेदवार प्रदीप थापा मगरलाई रतन काला थापाले टाउकोमा वियरको बोतलले प्रहार गरी फरार भएका प्रहरीले जनाएको छ। बोतल प्रहारबाट थापा सामान्य घाइते भएका छन् । बोतल प्रहार गर्ने व्यक्ति पनि नेकपा माओवादी केन्द्रकै कार्यकर्ता हुन् । घटनाको अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय बरेङ डाँडाबाट प्रहरी निरीक्षक हरि पुनको नतृत्वमा २५ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरी नायव उपरीक्षक अनिल कुमार खड्काले बताए।

 घटनाको बारेमा अनुसन्धान भैरहको फरार व्यक्तिको खोजी भैरहेको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रमुख प्रहरी उपरीक्षक चन्द्रकुवेर खापुङले बताए। ‘घटनाको विषयमा हामी गम्भिर अनुसन्धान गरिरहेका छौँ,’ उनले भने,‘फरार रहेका व्यक्तिको खोजी कार्य जारी छ ।’ बोतल प्रहारबाट टाउकोमा सामान्य चोट लागेका थापा उपचारपछि पुनः चुनाव प्रचार प्रसारमा हिँडेको नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र बरेङ गाउँपालिका उपप्रमुख पदका उम्मेद्वार विष्णु बस्नेत खत्रीले  बताईन् ।

पहिले माओवादीले उक्त गाउँपालिकामा थापालई प्रमुख र चिनीमाया काला मगरलाई उपप्रमुख उम्मेदवार बनाउने बताएको थियो। काँग्रेससंगको सहकार्यपछि पार्टीबाट उम्मेदवारी दिन नपाएकी चिनीमायाले उपप्रमुख पदमा घडी चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएकी छिन्।

 यद्यपी माओवादी केन्द्रका जिल्ला तहका नेताहरुले भने चिनीमायालाई नै मतदान गर्न कार्यकर्तालाई आग्रह गर्ने गरेका छन् । पार्टीको जिल्ला नेतृत्वसँग कुनै छलफल नै नगरी प्रदीपले काँग्रेसको रुख चिन्हमै मतदान हुनेगरी चुनावी एकता गरेको भन्दै छानबिन गरी कारबाही गरिने माओवादी केन्द्रले जनाएको छ।

 

प्रकाशित: २७ वैशाख २०७४ १२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App