दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ: प्रमुख निर्वाचन आयुक्त

बुधबार, २७ बैशाख २०७४, १४ : २७ नागरिक

काठमाडौँ- प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले निर्वाचनको तयारी र सफताको पहिलो सूचक उम्मेदवारी मनोनयनमा देखिएको उत्साहले पुष्टि गरेको बताएका छन्।

रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उनले भने–“विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचनप्रतिको सबैको सकारात्मक सोचबाट आज हामी यहाँसम्म आइपुग्न सफल भएका हौं।’’

‘‘स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको सङ्ख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको छ’’– प्रमुख निर्वाचन आयुक्त डा यादवले भने।

स्थानीय तहको ठूलो भूगोल भएकाले उम्मेदवार जनताको घरघरमा पुगेर मत माग्ने र मतशिक्षा दिने कार्यमा समयको तालमेल मिलाउन भने निकै धौधौ परिरहेको उनको भनाइ थियो।

मुलुक सङ्क्रमणकालकै छ भन्ने परिचयको रुपमा सरकार विस्तारको घटनालाई लिन सकिने बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले भने– “आयोग निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्ष बनाउन दृढ छ।‘

निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने बताउँदै उनले स्थानीय तहको दोस्रो चरणको निर्वाचन जेठ ३१ मै हुन्छ, त्यसलाई सारियो भने आयोगले तयारी गर्न भ्याउँदैन ।

संवैधानिक प्रक्रियाअनुसार नियमितरुपमा आउने सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्वाचन आचारसंहिता अनुकूल हुनुपर्दछ भने। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

भारतमा निर्माण गरिएको आइफोनको बिक्रि सुरु

गत वर्ष सार्वजनिक र रिलिज भएको आइफोन टेन आर (XR) अब भारतमा निर्माण हुन थालेको हो । ...

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

Ncell Footer Ad