८ वैशाख २०८१ शनिबार
राजनीति

निर्वाचन हुन नदिने तयारीमा विप्लव माओवादी

मुगु – नेकपा माओवादी विप्लव समुहले आफ्नो पकेट क्षेत्रमा आगामी वैशाख ३१ गते हुने निर्वाचन हुन नदिने रणनीति तयार गरेको बुझिएको छ । 

छायाँनाथ रारा नगरपालिका वडा नम्बर १२ आफ्नो पकेट क्षेत्र भएको र त्यस गाउँमा कुनै पनि हालतमा निर्वाचन हुन नदिने भन्दै विप्लव माओवादी तयारीमा लागेको बताइएको छ । विशेषगरी उसले वडा तहमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट चुनावका लागि खडा भएका उम्मेदवारलाई अपहरण गर्ने सम्मको रणनिती तय गरिएको भन्ने बुझिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्लाका अन्य क्षेत्रमा विप्लव समूहको प्रभाव शुन्य देखिएको र शोभा गाउँमा केही उसका समर्थक देखिएकाले उनिहरूले धम्की मात्र दिएको जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी राजिमान बुढाले बताए । यसरी उम्मेदवारलाई अपहरण गर्ने कुरा जानकारीमा आए पछि सशस्त्र प्रहरी बल, नेपाली सेना र नेपाल प्र्रहरी त्यसतर्फ पठाउने तयारी भइरहेको बुढाले बताए । जिल्लाभर अन्य क्षेत्रमा अवस्था शान्तिपूर्ण नै रहेको तथा मतदान केन्द्र खटिने कर्मचारी तोकिएको स्थानमा पुग्ने क्रम जारी रहेको उनले बताए । निर्वाचन अवरोधका लागि माओवादी विप्लव समूहका नेता कार्यकर्ता बाहिरी जिल्लाबाट समेत आएको जानकारी आफूले पाएको र निर्वाचनलाई शान्तिपूर्ण बनाउन उच्च सुरक्षा सर्तकर्ता अपनाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धु्रवबहादुर थापाले जानकारी दिए । 

निर्वाचन सुरक्षाका लागि जिल्लाभर ३ सय ५७ जना म्यादी प्रहरी, ३ सय ३३ जना नेपाल प्रहरी ८१ जना सशस्त्र प्रहरी र नेपालीलाई  एक नगरपालिका, तीन गाउँपालिकाका सबै मतदान केन्द्रमा परिचालन गरिएको छ ।

प्रकाशित: २७ वैशाख २०७४ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App