coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

घरेलु दर्शकबाट तर्सदैनौं : रामोस

मड्रिड – रियाल मड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेगअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडविरुद्ध भिसेन्ट काल्डेरोनमा खेल्दा घरेलु दर्शकबाट नतर्सने प्रतिक्रिया दिएका छन् ।

‘यहाँ हेर्दा लाग्छ कि हामी धनको थुप्रोमा हुर्केका हौं । तर हामी मिहिनेत र त्यागले जित्ने चाहना पूरा गर्छौं ।’

एट्लेटिको घरेलु मैदानमा ३–० को नतिजा निकाल्दै च्याम्पियन्स लिगको फाइनलमा स्थान सुरक्षित गर्ने अभियानमा छ । मड्रिडका दुई महारथीबीचको प्रतिद्वन्द्वीतालाई एट्लेटिको मिहिनेती र रियाल धनी क्लब भनेर व्यख्या हुने कुरामा रामोसले आपत्ति जनाए ।‘यहाँ हेर्दा लाग्छ कि हामी धनको थुप्रोमा हुर्केका हौं,’ रामोसले भने, ‘यहाँ नम्र समर्थकहरू पनि छन् । हामी मिहिनेत र त्यागले जित्ने चाहना पूरा गर्छौं ।’

डिएगो सिमोनीले एट्लेटिको जिम्मेवारी सम्हालेपछि दुई क्लबबीचको प्रतिस्पर्धाले नयाँ उचाइ हासिल गरेको  । एट्लेटिकोले रियाललाई टक्कर दिने हैसियत बनाएको छ । तथापि सिमोनीको टोली च्याम्पियन्स लिगमा लगातार रियालसँग निराश हुनुपरेको विगत छ ।

उत्कृष्ट पुनरागमन जनाउन नसके एट्लेटिको लगातार चार सिजन रियालसँग पराजित हुदै युरोपियन प्रतियोगिताबाट बाहिरिनेछ ।

‘हामीलाई थाहा छ घरेलु मैदानमा खेल्नु फाइदाजनक हुन्छ,’ एट्लेटिकोका मिडफिल्डर साउल निगुइजले भने, ‘हामी फाइलनमा पुगे पनि वा नपुगे पनि समर्थकले आफ्ना खेलाडीप्रति गर्व गर्दै घर फर्कने वातावरण बनाउन सक्दो प्रयास गर्नेछौं ।’ 

तर तथ्यलाई हेर्ने हो भने एट्लेटिकोको अगाडि ठूलो पहाड उभिएको छ । किनकि यो वर्षको पछिल्लो ६० खेललाई फर्केर हेर्ने हो भने रियालले सबै खेलमा गोल गरेको छ ।

‘हामी धेरै आत्मविश्वासी बन्नु हुँदैन,’ निगुइजले थपे, ‘हामीलाई थाहा छ यो काम धेरै कठिन छ । तर हामीले एकपछि अर्को गर्दै पाइला चाल्नु आवश्यक छ । यदि उनीहरूले गोल गरेपछि भने झन् गाह्रो हुन्छ । तर पहिलो हाफ गोल गर्न सक्यौं भने त्यसले हामीलाई मजबुत बनाउँदै लौजान्छ भने उनीहरू अत्तालिँदै जान्छन् ।’

क्लबको सुन्दर इतिहासजस्तै रियालको जारी सिजनमा पनि उत्कृष्ट प्रदर्शन गरेको छ । पछिल्लो पाँच वर्षपछि जिनेदिन जिदानको रियाल स्पेनिस ला लिगाको उपाधिबाट तीन खेल टाढा छ । उनीहरूलाई घरेलु लिग युरोपियन लिगको उपाधि जित्ने अवसर छ, जुन रियालका लागि १९५७/५८ को सिजनपछि पहिलो पटक हुनेछ । त्यस्तै च्याम्पियन्स लिग इतिहासमा पनि उपाधि घरमा फर्काउने पहिलो टोली बन्नेछ ।

कप्तान रामोसले दबाबमा देखिनुभन्दा चुनौतीलाई सहजताका साथ लिएका छन् । ‘त्यस्तो तर्सनुपर्ने कुनै कारण छैन । खेल हाम्रो हातमा छ,’ स्पेनका रक्षक रामोसले थपे, ‘सिजनका सुखद क्षणहरू आउँदै छन् । दुई हप्ता बाँकी छ । त्यसपछि अन्त्यमा के हुन्छ हामी हेर्नेछौं । हरेक वर्ष यसरी बिताउन चाहन्छौं ।’

प्रशिक्षकको जिम्मेवारी सम्हालेपछि १७ महिना उत्कृष्ट प्रदर्शन गरे पनि अब केही हप्ताको नजिताले जिदानको भविष्य तय गर्नेछ । तथापि फ्रान्सका हस्ती जिदानले ला लिगा र च्याम्पियन्स लिग गुमाए पनि पूरै सिजनलाई असफलताको कोटीमा राख्न नमिल्ले बताए ।

‘यो ८, ९ महिनामा खेलाडीले असाधारण प्रदर्शन गरेका छन् । तर यसलाई हामीले प्रत्येक तीन दिनमा दोहोर्याउनुपर्नेछ । हामीले धेरै राम्रो गरिसकेका छौं र यसले भोलि र आइतबार पनि निरन्तरता पाउनुपर्छ । हामीले सक्दो सबै दिएका छौं । सबैलाई असफलतामा दाँज्नु अन्याय हुनेछ ।’

ला लिगामा शनिबार रियालले ग्रानाडालाई ४–० ले हराउँदा प्रशिक्षक जिदानले पहिलो लेगको टोलीमा ९ खेलाडी परिवर्तन गरेका थिए । त्यसैले एट्लेटिकोविरुद्ध पहिलो लेगकै खेलाडी उतार्ने सम्भावना छ । ड्यानी कार्भाहाल घाइते भएका कारण नाचोले मौका पाउन सक्छन् । वेल्सका स्टार गारेथ बेल पनि पिडौंलाको चोटका कारण अझै टोलीमा फकिएका छैनन् ।

एट्लेटिकोको चोटको समस्या भने समाधानोन्मुख छ । तीन साताको आरामपछि जुवानफ्रान चोटमुक्त भएर फर्किएका छन् । रक्षक जुवानफ्रानबाहेक सिमोनीको टोलीमा परिवर्तन नहुन सक्छ ।

 

प्रकाशित: २७ वैशाख २०७४ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App