coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

अनुमतिबिना सगरमाथा चढ्न खोज्ने दक्षिण अफ्रिकी पक्राउ, राहदानी जफत

दक्षिण अफ्रिकी नागरिक रयानसन् डेभी

काठमाडौं— अनुमतीबिना सगरमाथा आरोहरण गर्न खोज्ने एक अफ्रिकी नागरिकलाई  प्रहरीले पक्राउ गरी राहदानी जफत गरेको छ। दक्षिण अफ्रिकाका ४३ वर्षिया रयानसन् डेभी कानुनी प्रक्रिया पूरा नगरी सगरमाथा आरोहणको प्रयास गरेका थिए।सरकारलाई बुझाउनु पर्ने दस्तुर ११ हजार अमेरिकी डलरसमेत नतिरी उनी सगरमाथा चढ्ने प्रयासमा थिए।

आधार शिविर माथिको एक गुफामा लुकिरहेको अवस्थामा भेटिएको पर्यटन मन्त्रालय अधिकारीको दाबी छ। सगरमाथाको चुचुरोसम्म कुनै पथप्रदर्शक बिना एक्लै पुग्न सक्ने साहस गरेकोमा प्रहरीले उनको प्रशंसा गरेको छ। उनले आफ्नो गल्तीका लागि माफी मागेका छन्।

पर्वतरोहीले आरोहण क्रममा एक जना पथप्रदर्शकको साथमा मात्र पर्वतारोहण गर्ने गर्छन्। उनीहरुले आधार शिविरमा स्रोत साधन सम्पन्न सहयोगी समूह राख्ने गर्छन्। डेभी यस्तो केही तयारी नगरी शिखरभन्दा तल पुगेका हुन्।

पर्यटन मन्त्रालयकाअनुसार उनले दुई पर्वतारोहण कर्मचारीलाई छलेर उनी शिविरभन्दा माथि लागेका थिए। आफूहरुलाई छलेको थाहा पाउना साथ उनीहरुले डेभिलाई पछ्याएका थिए। उनी एक गुफामा बसिरहेको अवस्थामा भेटिएका थिए।

डेभिले  आफ्नो फेसबुकमा सगरमाथा चढ्न उत्सुक तथा आर्थिक रुपमा दुर्बल व्यक्तिबारेमा पर्यटन कम्पनीहरुको ध्यान नगएको भन्दै एक स्टाट्स लेखेका छन्। आधार शिविरमा उनीमाथि गरिएको दुव्र्यवहार स्मरण गर्दै उनले आफूमाथि हत्यारा सरह व्यवहार गरेको बताए। आरोहणको अनुमती नलिएकोमा उनलाई जेल सजाय तथा २२ हजार अमेरिकी डलरसम्म दण्ड जरिवाना हुन सक्छ।
 

प्रकाशित: २७ वैशाख २०७४ ०६:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App