coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

त्रिशुलीमा ट्रक खस्दा एकको मृत्यु

चितवन – पृथ्वी राजमार्गबाट त्रिशूली नदीमा ट्रक खस्दा घाइते भएका दुई जनामध्ये एकको उपचारका क्रममा मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१४ का अन्दाजी २० वर्षीय सुरज श्रेष्ठ रहेका छन् । सोही ठाउँ घर भएका घाइते २१ वर्षीय सोनाम लामाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । काठमाडौँबाट हेटौँडातर्फ जान आउँदै गरेको ना ५ ख ९९४६ नम्बरको ट्रक बुधबार बिहान ७ बजे इच्छाकामना गाउँपालिका–४ लेवाटारमा दुर्घटना भएको थियो । ट्रक खस्दै गर्दा झरेर भागेका चालक अझै फरार रहेको र उनको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । 

ट्रकमा अन्य व्यक्ति भने नभएको जनाइएको छ । त्रिशूलीमा खसेको ट्रक अझै निकाल्न सकिएको छैन । रासस 

प्रकाशित: २७ वैशाख २०७४ ०६:०९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App