८ वैशाख २०८१ शनिबार
समाज

चट्याङ् लागेर युवतीको मृत्यु

कोहलपुर – बुधबार बिहान चट्याङ् लागेर नेपालगञ्ज उपहानगरपालिकामा एक महिलाको मृत्यु भएको छ । विहान ६ बजे चट्याङ् लाग्दा नेपालगञ्ज उपमहानगरपालिका २० नयाँबस्तीका २७ बर्षीय कमला रावतको मृत्यु भएको हो । 

चट्याङ्बाट घाइते रावतको उपचारका क्रममा मेडिकल कलेज कोहलपुर मृत्यु भएको कोहलपुर प्रहरीले जानकारी दिएको छ । बिहान नेपालगन्जमा परेको वर्षातसंगै लागेको चट्याङ्ले उनको मृत्यु भएको प्रहरीको भनाई छ । प्रहरीका अनुसार  उनी घरमा सुतिरहेको अवस्थामा चट्याङ परेको  थियाे । 

प्रकाशित: २७ वैशाख २०७४ ०३:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App