coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

सवारी दुर्घटनामा दुईको मृत्यु

रौतहट-सबारी दुर्घटनामा रौतहटमा मंगलवार वृद्धसहित दुईजनाको मृत्यु भएको छ भने एकजना महिला घाइते भएकी छन्। ट्रयाक्टर र मोटरसाइल एकापसमा जुध्दा रौतहटमा दुई जनाको मृत्यु भएको हो। रौतहटको दुर्गा भगवती गाउँपालिका ७ स्थित वीरेन्द्र राजमार्गमा ना ३ त ३६५० नम्बरको ट्रयाक्टर र अन टेस्ट मोटरसाइकल एकआपसमा जुध्दा मोटरसाइकल चालक चन्द्रपुर नगरपालिका ९ का ४५ वर्षीय राजेश राम र पछाडि बसेका चन्द्रपुर नगरपालिका ११ का ६० वर्षीय बैजु रामको मृत्यु भएको छ।

 ठक्कर लागेर घाइते भएका दुवैजनाको वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। तीव्र गतिमा रहेको मोटरसाइकलले ट्रयाक्टरमा ठक्कर हानेपछि मोटरसाइलमा यात्रा गरिरहेका दुवैजना मोटरसाइकलबाट उछिटिँदा सडक छेउमा पिसाब फेर्न बसेकी महिला घाइते भएकी छन्। सडक छेउमा पिसाब गरिरहेकी इशनाथ गाउँ पालिका २ का नन्दुलाल राय यादवकी ३० वर्षीया पत्नी सरस्वती देवीको जिउमै उछिटिएर परेपछि महिला घाइते भएकी हुन्। घाइते महिलाको उपचार जिल्ला अस्पताल गौरमा भइरहेको छ ।

प्रकाशित: २६ वैशाख २०७४ १४:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App