७ वैशाख २०८१ शुक्रबार
राजनीति

गच्छदारसहित तीन मन्त्रीद्वारा शपथ

प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपतिद्वारा शपथ लिँदै नवनियुक्त मन्त्री विजयकुमार गच्छदार

काठमाडौं— मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट मन्त्रिपरिषदमा प्रतिनिधित्व गर्ने तीन मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनियताको सपथ लिएका छन्।

सोमबार बेलुका राष्ट्रपति कार्यालय शितल निवासमा आयोजना गरिएको औपचारिक समारोहमा तीन मन्त्रीले सपथ लिएका हुन्। नवनियुक्त मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा राष्ट्रपति भण्डारीले सपथ गराएकी हुन्।

सपथ लिने मन्त्रीहरुमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री बिजयकुमार गच्छदार, भूमिसुधार तथा व्यवस्था मन्त्रीमा गोपाल दहित र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देव छन्।

 

प्रकाशित: २५ वैशाख २०७४ १५:१४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App