coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचनको लागि मनाङमा २ सय कर्मचारी

हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि झण्डै २ सय कर्मचारी मतदान केन्द्रमा खटाईएको छ।     लमजुङ- हिमाली जिल्ला मनाङमा स्थानीय तह निर्वाचनका लागि झण्डै २ सय कर्मचारी मतदान केन्द्रमा खटाईएको छ।     

जिल्लाका कूल ४ गाउँपालिका भरिका कूल १ सय ५५ मतदान केन्द्रका लागि १ मतदान अधिकृत, १ सहायक मतदान अधिकृत, २ सहायक कर्मचारी र १ सहयोगी कर्मचारी गरि १ सय ४० जनशक्ति खटाईएको हो। त्यसमा प्रत्येक केन्द्रमा स्थानीय स्वयंसेवक कर्मचारी २ जना थप गरिने भएपछि १ सय ९६ जना कर्मचारी मतदान केन्द्रमा खटिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख उद्वीर नेपालीले बताए। ति मध्ये सबैभन्दा माथिल्लो वस्ती नारफू गाउँपालिकामा भने उम्मेदवारी मनोनयन दर्ताकै क्रममा सवै तहका उम्मेदवारीमा निर्विरोध भएसँगै सो पालिकामा निर्वाचन गर्न नपर्ने भएको पनि उनी बताउँछन्।

सो गाउँपालिकामा ढाजाटोल, नार मावि, साम्दुछिरिङ्ग गुम्बा, फू आधारभूत विद्यालय र होमथाङ्ग धर्मशाला गर ५ स्थानमा मतदान केन्द्र रहेकोमा करिब ३५ जना कर्मचारी खटाउनु पर्नेमा निर्विरोध भएसँगै कुनैपनि कर्मचारी नखट्ने भएका छन् । मनाङको चामे गाउँपालिकामा ५, नारफू गाउँपालिकामा ५, नासोङ गाउँपालिकामा ९ र नेस्याङ गाउँ पालिकामा ९ गरि कूल २८ मतदानकेन्द्र बाट मतदान गर्ने व्यवस्था मिलाईएको निर्वाचन कार्यालय प्रमुख नेपालीले जानकारी दिए । उनका अनुसार जिल्लाका २ हजार ५ सय ९९ महिला र २ हजार ४ सय ९६ पुरुष गरि कूल ५ हजार ९५ जना मतदाताले स्थानीयतह निर्वाचनमा मत खसाल्ने भएका छन् । त्यहाँका प्रत्येक मतदानकेन्द्रमा ३ देखि ४ जना नेपाल प्रहरी, ३ जना म्यादी प्रहरी खट्ने र सशस्त्र प्रहरी र नेपाली सेनाले पनि सुरक्षा प्रदान गर्ने प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले बताए।

प्रकाशित: २६ वैशाख २०७४ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App