७ वैशाख २०८१ शुक्रबार
समाज

विष्फोटक पदार्थसहित विप्लब माओवादीका कार्यकर्ता पक्राउ

चितवन- प्रहरीले विष्फोटक पदार्थसहित निर्वाचन बहिस्कारको अभियान चलाउँदै आएको नेत्रबिक्रम चन्द विप्लब नेतृतव्को नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ। चितवन जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार मंगलबार बिहान सवा ११ बजे भरतपुर महानगरपालिका वडा नं. ४ को शिवघाटमा दुईजना व्यक्तिबाट विष्फोटोक पदार्थहरु बरामद भएको हो।

                पक्राउ पर्नेमा खोटाङ दिप्लुङ घर भइ हाल भरतपुर–१७ बस्ने वर्ष ३६ का पुरन राई र भरतपुर–७ बस्ने ३१ वर्षका शंकर गुरुङ रहेको प्रहरीको भनाइ छ। प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार पुरन राई सो पार्टीको मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघको चितवन, धादिङ, नुवाकोट र रसुवा हेर्ने ब्युरो प्रमुख साथै पार्टीको चितवन जिल्ला सदस्य र सैन्य दस्ताका सहायक कमाण्डर हुन्।

                त्यस्तै शंकर गुरुङ चितवनको इलाका नम्बर १० का इलाका सदस्य रहेको प्रहरीको भनाइ छ । ना ३ प ३०६५ नम्बरको मोटरसाइकल चढेर नारायणगढबाट पश्चिम तर्फ जाँदै गरेका उनीहरुलाई प्रहरीले समाएको हो।

प्रहरीले उनीहरुको साथबाट प्लाष्टिकको बट्टामा राखेको विष्फोटक पदार्थ, प्लाष्टिकको ह्याण्ड ग्रिनेटका टुक्राहरु, दुई थान डेटोनेटर र एउटा नक्कली रिभल्भर पनि बरामद गरेको छ। ट्रेड युनियन महासंघको चन्दा रसिद, उम्मेद्वारहरुलाई धम्की दिन लेखेको चारवटा चिट्टी र फलाम र तारका टुक्राहरु पनि बरामद भएको छ। उनीहरुलाई विष्फोटक पदार्थ ऐन अनुसार कारवाही हुने छ।

प्रकाशित: २६ वैशाख २०७४ ०८:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App