coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

रौतहट- वर्षाले इँटा व्यवसायलाई धराशायी बनाउँदै लगेपछि वैशाखमै उद्योगहरु धमाधम बन्द हुन थालेका छन्। वैशाख नबित्दै रौतहटमा पन्ध्रवटा इँटा उद्योग बन्द भइसकेका छन्।

असारको दोस्रो हप्तासम्म सञ्चालनमा आउने उद्योगहरु वैशाखमै बन्द हुन थालेपछि इँटाको अभाव हुने देखिएको छ। असारको पहिलो र दोस्रो हप्तासम्म इँटा उद्योगहरु सञ्चालनमा आउँदा पनि साउनदेखि कात्तिकसम्म इँटाको अभाव हुने समस्या रहँदै आएको थियो तर वैशाखमै उद्योगहरु धमाधम बन्द हुन थालेपछि इँटाको अभाव झनै चर्किने व्यावसायीहरु बताउँछन्।

चैतदेखि समय समयमा पाँच पटक ठूलो पानी परेर इँटा उद्योगलाई धराशायी बनाएको रौतहट इँटा व्यावसायी संघका अध्यक्ष राम विनोद साहले बताए। जिल्लामा एक सय भन्दा बढी इँटा उद्योग सञ्चालनमा रहेको र वैशाख नबित्दै पन्ध्र भन्दा बढी वर्षाकै कारण बन्द हुन पुगेको अध्यक्ष साहले बताए।

पाँच पटकको ठूला वर्षाले जिल्लाका इँटा व्यावसायीलाई पन्ध्र करोडभन्दा बढीको क्षति भएको अध्यक्ष साह बताउँछन्। हरेक इँटा उद्योगको क्षमताअनुसार दशदेखि बीस लाखसम्मको घाटा व्यहोर्नु परेको साहको भनाइ छ। कतिपय इँटा उद्योगीले घाटा बढाउन नसकेर उद्योग नै बन्द गरेको र अहिले सञ्चालनमा रहेका उद्योगहरु पनि असारसम्म चल्न नसक्ने देखिएको साह बताउँछन्।

निरन्तरको वर्षातले पोल्नलाई तयार पारिएको इँटा नै गलेर व्यावसायीलाई घाटा भएको छ । निर्माण मजदुरले इँटा तयार पारेर सुकाइ सकेपछि पोल्नलाई थन्क्याएर राखेका तथा सुकाउँदै गरेका लाखौँको संख्यामा इँटा पग्लेको र वर्षाको दागले इँटा बिग्रिएकोले उद्योग धराशायी भएको अर्का व्यावसायी मौजेलाल यादव बताउँछन् ।, गत पछिल्लो वर्षातमा आफ्नो उद्योगमा दुई लाखभन्दा बढी इँटा गलेर एउटै वर्षामा लाखौँको घाटा भएको व्यावसायी यादवले बताए।

सामान्यतय इँटा उद्योग पुसदेखि जेठसम्म सञ्चालनमा आउने गर्दछ। असोजको अन्तिम हप्तादेखि इँटा बनाउने र सुकाउने गरेर सुकेको इँटालाई उद्योगले पुसदेखि पोल्ने कार्य गर्दछ। पुसदेखि फागुनसम्म उत्पादन भएको इँटाले उद्योगलाई धान्न सजिलो हुने र जेठसम्म सञ्चालनमा आउँदा उद्योगहरु नाफामा जाने हुन्छ तर फागुन, चैत र वैशाखमा पटक पटक वर्षा हुँदा उद्योगहरुले सोचेको जस्तो आम्दानी गर्न नसकेको दुर्गा भगवती इँटा उद्योग पिपराका सञ्चालक अरुण साह बताउँछन्।

दुई वर्ष पहिले महाभूकम्प गएपछिको अवस्थामा देशभर इँटाको अभाव देखिएको थियो । रौतहटको उद्योगबाट उत्पादित अधिकांश इँटा पोखरा, हेटौँडा, काठमान्डौ, गोरखा, धादिङ र लमजुङ लगायतका जिल्लामा पुग्ने गरेको छ । जिल्लाबाट विभिन्न व्यापारीहरुले इँटा किनेर पहाडमा पुर्‍याइरहेका छन्। निरन्तरको वर्षातले इँटा उद्योगलाई धराशायी बनाएपछि एकातिर उद्योगहरु धराशायी बनेका छन् भने अर्कोतिर भूकम्पको पुनर्निर्माणमा पनि केही भार थपिने सम्भावना बढेको देखिएको छ ।

प्रकाशित: २६ वैशाख २०७४ ०८:०१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App