८ वैशाख २०८१ शनिबार
अर्थ

आइओसी टोलीद्वारा पेट्रोल पम्प र ग्यास प्लान्ट अवलोकन

काठमाडौं- इन्डियन आयल कर्पोरेसन (आइओसी) को टोलीले उपत्यकामा ग्यास उद्योग र पेट्रोल पम्पको अवलोकन गरेको छ। पेट्रोल पम्पमा नयाँ प्रविधिको विकासमा सघाउने प्रतिबद्धता जनाएको आइओसीले उपत्यकाका विभिन्न पेट्रोल पम्पको अवलोकन गरेको थियो।

सो टोली नेपाल आयल निगमका अधिकारीसँग पेट्रोलियम पाइपलाइन निर्माण, ग्यास पाइपलाइन लगायतको विषयमा छलफल गर्न यहाँ आएको थियो। टोलीले सोमबार निगमका अधिकारीसँग छलफल गर्ने भनिए पनि बैठक नबसी पम्प र साल्ट टे्रडिङ कर्पोरेसनले सञ्चालन गरेको ग्यास प्लान्टको अवलोकन गरेको थियो।

आइओसी टोलीले ग्यास प्लान्ट अवलोकन गरेको कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठले बताइन्। 'एसटिसी पूरा अटोमेसनमा गएकाले उनीहरु हेर्न आएका हौं,' श्रेष्ठले भनिन्।

चैतको दोस्रो साता निगम र आइओसीबीच आइओसी र निगमबीच इन्धन खरिद सम्झौता नवीकरणको बेला जनाएका प्रतिबद्धता कार्यान्वयनको लागि छलफल गर्न टोली आएको निगम स्रोतले जनाएको छ।

भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री धर्मेन्द्र प्रधानले तत्कालीन आपूर्तिमन्त्री दीपक बोहोरासँग ग्यास पाइपलाइन बनाउन सघाउने प्रतिवद्धता जनाएका थिए। आइओसीले रक्सौल–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माणमा सघाइरहेको बेला सो पाइपलाइनलाई चितवनसम्म ल्याउन सघाउने प्रतिबद्धता जनाएको थियो। चितवनसम्म पाइपलाइन पुर्‍याउनको लागि प्रारम्भिक अध्ययनसमेत गरेको छ। त्यसको लागि निगमले चितवनमा इन्धन भण्डारणको लागि जग्गा खरिद गरिसकेको छ।

प्रकाशित: २६ वैशाख २०७४ ०४:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App