७ वैशाख २०८१ शुक्रबार
समाज

'ढुक्क हुनुस्, सुरक्षाको कमी हुने छैन'

धादिङ- स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपले मतदान गर्न प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सबै मतदातालाई आग्रह गरेका छन्। कुनै राजनीतिक दलको दबाब वा केही कसैको प्रलोभनमा नपर्न सल्लाह दिएका छन्।  यादवले कसैले पनि बल प्रयोग गरेर मतदातालाई अवरोध गर्न नपाउने बताए।

उनले भने, 'उम्मेदवारी दर्ता गर्न जाँदा अबिर माला लगाएर देउता गुहार्ने, निर्वाचनमा जित्नचाहिँ बल र पैसा प्रयोग गर्नु राम्रो भएन।'

 सुरक्षा निकायका प्रमुख एवम् राजनीतिक दलका प्रमुखहरुसँगको अन्तरक्रियामा प्रमुख आयुक्त यादवले स्वतन्त्रपूर्वक मतदान गर्न अवरोध भएमा त्यहाँ तत्कालै निर्वाचन स्थगन गर्ने बताए। 'निर्वाचनमा एक मतको पनि महŒव हुने संवेदनशीलतालाई सबैले बुझ्नु जरुरी हुन्छ,' उनले भने।

 मतदान केन्द्रमा जाने बाटोमा समेत सुरक्षा दिन सुरक्षा निकाय लागि परेको उनले बताए। यादवले भने 'ढुक्क हुनुस्, सुरक्षामा कुनै कमी हुने छैन।'

'कर्मचारीमा बहानाबाजी चल्दैन'

शिक्षकहरूले मतदान केन्›मा खटिन नमानेका कारण जनशक्ति परिचालनमा कठिनाइ भएको धादिङका प्रमुख निर्वाचन अधिकृत भरत लम्सालले बताएका छन्। विभिन्न बहाना बनाउने निर्वाचनमा सहभागी नगराउन निवेदन दिने कर्मचारीको संख्या बढेपछि समस्या उत्पन्न भएको छ। केन्द्रमा जान्न, सहभागी हुन्न भन्ने कर्मचारीहरुको बहानाबाजी गरेर निवेदन दिएका छन्। उनले भने 'त्यो बहाना चल्दैन।'

 अप्ठ्यारो ठाउँमा परेका कर्मचारीले विभिन्न बहाना बनाएर नियुक्ति समेत लिन नमान्ने लम्सालले बताए।  उसका अनुसार यसरी बहाना बनाएर निर्वाचनमा सहभागि हुन नचाहने कर्मचारीमा शिक्षक बढी छन्। बहाना बनाउने कर्मचारीलाई काराहीका लागि सम्बन्धित निकायमा सिफारिस गर्ने लम्सालले बताए। जिल्लाका २ सय ५१ वटा मतदान केन्द्रमा १ हजार ५ सय ६ जना कर्मचारी खटाई आवश्यक तालिम दिइसकिएको छ।

प्रकाशित: २६ वैशाख २०७४ ०२:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App