८ वैशाख २०८१ शनिबार
राजनीति

धादिङमा एमाले र माओेवादी कार्यकर्ताबीच झडप, ४ घाइते

धादिङ- चुनाव प्रचार प्रसारमा जम्काभेट हुँदा धादिङको गजुरी गाउँपालिकामा  नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ।

                प्रचारमा हिडेको दुई टोली जम्काभेट हुँदा गजुरी गाउँपालिका वडा नम्बर ८ चैनपुरमा झडप भएको थियो। झडपमा चार जना घाईते भएका छन्। घरदैलो कार्यक्रममा हिँड्दै गर्दा माओवादी केन्द्रका कार्यकर्ताले आफुहरुमाथी हमला गरेको एमालेका कार्यकर्ताहरुले बताएका छन्।

                झडपमा एमाले कार्यकर्ता मिलन बराल र सुरेन्द्र बराल घाईते भएका छन् भने माओवादी केन्द्रका मायानाथ अधिकारी र नारायण अधिकारी घाईते भएका छन । घाईते भएका माओवादी केन्द्रका कार्यकर्ताहरुलाई उपचारका लागि काठमाण्डौं लगिएको छ भने एमाले कार्यकर्ताहरुको गाउँमै उपचार भईरहेको छ।

                माओवादी केन्द्रले घरदैलो गर्दै हिंडेको स्थानमा एमालेका कार्यकर्ता आएर निहुँ खोजेको केन्द्रका स्थानीय कार्यकर्ता देवराज अधिकारीको आरोप छ। उता आफ्ना कार्यकर्ता भएको ठाउँमा गएर माओवादी केन्द्रका कार्यकर्ताले अनावश्यक कुरा गरी निुहँ खोज्दै झडपको स्थिती वनाएको एमाले कार्यकर्ता जिवन बरालले वताए।

                दिउँसो ३ वजे तिर भएको घटनापछि गाउँमा शसस्त्र प्रहरी वलको टोली खटाईएको छ भने थप तनाव हुन नदिन दुवै दलका स्थानीय नेतारुसंग समन्वय भईरहेको स्थानीय प्रशासनले जनाएको छ।

                गजुरी गाउँपालिका माओवादीका जिल्ला अध्यक्ष एवम पूर्व सभासद शालिकराम जमकट्टेल र एमालेको पोलिटव्युरो सदस्य एवम धादिङ क्षेत्र नम्बर ३ का सांसद राजेन्द्रप्रसाद पाण्डेको जन्मथलो हो। पाण्डे साविकको गजुरी गाविसका र जमकट्टेल किराञ्चोक गाविसका मतदाता हुन।

प्रकाशित: २५ वैशाख २०७४ १४:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App