coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाचन विरोधी गतिविधि गरेको आरोप विप्लवका दुई जिल्ला नेता पक्राउ

बाग्लुङ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाग्लुङका दुई जिल्ला नेता सोमबार पक्राउ परेका छन्। स्थानीय तह निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा उक्त पार्टीका जिल्ला सदस्यद्वय हरि कुँवर र नरबहादुर क्षेत्रीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कुँवरलाई बुर्तिबाङ र क्षेत्रीलाई भीमगिठेबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्सपेक्टर कृष्ण रानाले बताए। ‘निर्वाचनमा सहभागी नहुन आग्रह गर्दै पर्चा पम्प्लेट टाँस्ने, सभा गर्ने गरेकोमा उनीहरुलाई पक्राउ गरिएको हो,’ इन्सपेक्टर रानाले भने,‘निर्वाचन विरोधी क्रियाकलाप रोक्न माथीको आदेश अनुसार काम गरिएको हो। पक्राउ परेकाहरुलाई जिल्लामा पठाएका छौं।’

 नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्चार्ज विकिरण क्षेत्रीले भने विना कारण आफ्ना जिल्ला नेताहरुालाई पक्राउ गरिएको बताए ।‘निर्वाचन विथालेको आरोप लगाएर हाम्रो साथीहरुलाई अनावश्यक दुःख दिन पक्राउ गरिएको छ,’ उनले भने,‘पक्राउ परेका साथीहरु निर्दोष हुनुहुन्छ। उहाँहरुलाई विना शर्त रिहाँ गर्न माग गर्छु।’ ३१ गते हुने स्थानीय निर्वाचनमा शान्ति सुरक्षालाई ध्यानमा राखेर उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता अनिलकुमार खड्काले बताए।

 

प्रकाशित: २५ वैशाख २०७४ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App