७ वैशाख २०८१ शुक्रबार
राजनीति

थपिएका तीन मन्त्रीले लिए सपथ

काठमाडौं-  उपप्रधानमन्त्री विजय कुमार गच्छदार सहित दुई मन्त्रीले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन्।

उपप्रधान तथा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री गच्छदार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  जितेन्द्रनारायण देव र भूमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले शीतल निवासमा एक समारोहकाबीच राष्ट्रपति विद्या भण्डारी समक्ष्य सपथ लिएका हुन्।

नेपाल लोकतन्त्रिक फोरमले सरकारमा सहभागि हुने मन्त्रीको टुंगो साँझ लगाएको थियो।

मन्त्री दहितले थरुहट तराई पार्टी नेपाल एकीकरण गर्दै गच्छदारको पार्टीमा गएका थिए।

 

प्रकाशित: २५ वैशाख २०७४ १३:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App