७ वैशाख २०८१ शुक्रबार
राजनीति

महानगरका मेयरका उम्मेदवारलाई खानेपानी देखि रात्रि बससम्मको चिन्ता

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार किशोर थापाले सरकारले सार्वजनिक यातायातका निजी व्यवसायी अगाडि रमिते बनेको आरोप लगाएका छन्। ‘नेपाल यस्तो देश हो जहाँ सरकारले सार्वजनिक यातायात सञ्चालन गर्दैन। निजीका दादागिरी अगाडि रमिते बन्छन्,’ एक अन्तर्क्रियामा उनले भने।

महानगरमा दुई सिफ्ट बस सञ्चालन गर्न सकिने बताउँदै उनले जनतालाई सेयर प्रणालीमार्फत् नाफामुखी कम्पनीको सुरुवात पनि गर्नुपर्ने खाँचो रहेको औंल्याए।

‘काठमाडौं बहस’ नामक अन्तक्रियामा काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवारहरु सहभागी थिए। माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोल, साझा पार्टीका किशोर थापा, नयाँ शक्तिका पवित्र बज्राचार्य र नेपाल परिवार दलका लक्ष्मीप्रसाद भण्डारी नागरिकको जिज्ञासा मेटाउने प्रयास गरेका थिए।

नयाँ शक्ति र संघीय समाजवादीका साझा उम्मेदवार पवित्र बज्रचार्यले ललितपुर र भक्तपुरमा मेलम्चीको पानी जम्मा गर्न सकिने बताए। ‘राजधानीमा प्रतिदिन ३० करोड लिटर पानी आवश्यक छ। अहिले दैनिक १६ करोड लिटर पानीमात्र वितरण हुन्छ। पानीको समस्या समाधान गर्न संकलन केन्द्र खोल्नुपर्ने जोड दिएको छु। पानीको विषयमा धेरै विज्ञ हुदाहुँदै पानी खान पाइरहेको छैनौं,’ उनले भने।

उनले बस्नलगायक काठमाडौं बनाउने आफ्नो योजना भएको बताए। उनले रात्रिकालीन बस सञ्चालन गर्नेदेखि मठमन्दिर र ढुंगेधाराको ऐतिहासिक शैलीमा निमार्ण गर्ने योजना अघि सारेका छन्।

माओवादी केन्द्रका उम्मेदवार सर्वोत्तम डंगोलले भने जमिनमुनि पानी रिचार्ज गर्ने योजना अघि सारेका थिए। ‘पानी वितरण प्रणालीअन्तर्गत जमिनमुनि पानी रिचार्ज गर्न सकिन्छ। यसका लागि विज्ञसँग सहकार्य गरेर अघि बढ्ने योजना छ,’ उनले भने।

प्रकाशित: २५ वैशाख २०७४ १०:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App