coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महानगरमा कांग्रेसको योजना, पाँच वर्षमा मेट्रो रेल

काठमाडौं- महानगरबासीको इच्छा “शिक्षा, स्वास्थ्य र सुरक्षा” तथा ‘सफा, समृद्ध, सुन्दर र उज्यालो काठमाडौँ हाम्रो जिम्मेवारी’ भन्ने मूल नाराका साथ काठमाडौँ महानगर काँग्रेसले आफ्नो मुख्य एजेण्डा अगाडि सारेको छ। 
स्थानीय तह निर्वाचनमा महानगरमा आफ्नो घोषणापत्र सार्वजनिक गर्दै कांग्रेसले विकासको योजना बनाउँदा जनसमूदायलाई सहभागि गराई महानगरको विकासको खाका कोर्ने जनाएको छ।  
घोषणापत्र सार्वजनिक गर्दै नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पर्यटकीय महत्व बोकेको काठमाडौँलाई विश्वकै नमूना सहर बनाउनका लागि काँग्रेसलाई जिताउनुपर्ने बताए।

कांग्रेसले आफ्नो घोषणापत्रमा काठमाडौँ महानगरमा फ्लाई ओभर निर्माण, अन्तर्राष्ट्रिय स्तरको खेलकुद रङ्गशाला निर्माण, सडक बत्ती र ट्राफिक बत्तीको उचित व्यवस्था, सडकमा सिसिटिभीको जडान, प्रदुषण नियन्त्रण, सडक विस्तार, खानेपानी पाइप जडान, विद्युतीय सवारी साधनलाई विशेष प्राथमिकतामा राखेको छ। 
मेयरका उम्मेदवार राजुराज जोशीले पाँच वर्षभित्र महानगरपालिकाभित्र मेट्रो रेल निर्माण गर्नेदेखि महानगरमा निशुल्क वाइफाइको व्यवस्था मिलाउने बताए। “ म बोल्नेभन्दा काम गरेर देखाउने मान्छे हो मैले जितेपछि काठमाडौँ महानगरपालिकाको प्रत्येक जनताको समस्याको समाधानका लागि लाग्नेछु” उनले भने।
यस्तै आधुनिक सडक पेटीको निर्माण, सुलभ पार्किङ स्थलको व्यवस्था, प्रमुख पर्यटकीय र व्यवसायीक क्षेत्रलाई सवारी साधन निषेधित क्षेत्र तोकि निशुल्क महानगरीय सवारी साधनको व्यवस्था गर्ने, सडक पेटीमा रुख रोप्ने, काठमाडौँका ३२ वटै वडामा नमूना पार्क निर्माण गर्ने कांग्रेसले जनाएको छ। 
उपमेयरकी उम्मेदवार हरीप्रभा खड्गी (श्रेष्ठ) ले महानगरभित्र रहेका महिला दिदिबहिनीको हक अधिकारका रक्षाका लागि आफ्नो उम्मेदवारी भएको बताइन्।  “मौलिक परम्परा, घरेलु शिल्पकला, हस्तकला जस्ता घरेलु उद्योगको माध्यामबाट महानगरभित्रका महिला र पुरुषको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्छु।” उनले भनिन्।
 

प्रकाशित: २५ वैशाख २०७४ ०८:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App