६ वैशाख २०८१ बिहीबार
समाज

गोरखामा सकेट बम भेटियो

गोरखा – जिल्लाको सुलिकोट गाउँपालिका वडा नम्वर ३ स्वाँरामा सकेट बम भेटिएको छ । थला जंगलमा ओडार भित्र बोरामा राखिएको अवस्थामा बम फेला परेको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी बिरेन्द्र थापाले बताए । 

घाँसदाउरा गर्न गएका स्थानीयले ओडारमुनी शंकास्पद बस्तु देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी गएर हेर्दा बोराभित्र बम रहेको पुष्टि भएपनि कति परिणाममा छ भन्ने यकिन भएको छैन ।

बम निष्क्रिय पार्न नेपाली सेनासँग समन्वय भइरहेको र नेपाली सेनाको टोली उक्त स्थान तर्फ जाँदै गरेको डिएसपी थापाले जानकारी दिए ।

प्रकाशित: २५ वैशाख २०७४ ०७:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App