७ वैशाख २०८१ शुक्रबार
समाज

पानी उद्योगमा पेट्रोल बम प्रहार

काठमाडौँ – शिवपुरी ड्रिङ्किङ वाटर इन्डस्ट्रीमा अज्ञात समूहले सोमबार बिहान पेट्रोल बम प्रहार गरी क्षति पुर्याएको छ । 

कम्पनीका सञ्चालक रमेश महतका अनुसार माक्स लगाएर आएका पाँचजनाको समूहले कम्पनीका पालेलाई नियन्त्रणमा लिई अन्धाधुन्ध पेट्रोल बम प्रहार गरेको जानकारी दिए । 

बम प्रहारबाट कम्पनीभित्र राखिएको बा६च ११७२ नंको कार पूर्ण क्षति पुगेको छ भने बा ५१ प ८५१३ नंको मोटरसाइकल पूर्ण क्षति भएको छ । त्यस्तै बा२६प ८५१३ को मोटरसाइकलमा आंशिक क्षति पुगेको छ । 

नेपाली काँग्रेसका नेता महतले निर्वाचनका समयमा राजनीतिक प्रतिशोध राखेर आफ्नो कम्पनीमाथि आक्रमण भएको आरोप लगानउनुभयो । प्रहरीले उक्त कम्पनीमा भएको क्षतिको विवरण तथा आक्रमणकारीको खोजी अगाडि बढाएको छ । रासस 

प्रकाशित: २५ वैशाख २०७४ ०५:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App