coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बाग्लुङमा करेन्ट लागेर दुईको मृत्यु

बाग्लुङ – बाग्लुङमा करेन्ट लागेर दुई युवाको मृत्यु भएको छ । नेपाल टेलिकमको निर्माणाधीन भवनमा काम गर्ने दुई जनाको सोमबार बिहान करेन्ट लागेर मृत्यु भएको हो । 

मृतकहरू दुबै जना निसीखोला गाउँपालिकाको भएको बताइएको छ । मृत्यु हुनेमा बाग्लुङ निसीका दुधन घर्ती र बमबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ । टेलिकम कम्पाउण्डमा रहेको सल्लाको रुखको टुप्पोमा चीलको गुँडबाट चल्ला तल खसाल्न फलामको रडले घोच्न खोज्दा रडले हाइटेन्सन लाईनमा छोएपछी करेन्ट लागेको प्रहरीले बताएको छ । 

साथीलाई करेन्ट लागेपछी अर्को साथीले छुटाउन खोज्दा उनलाई पनि करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङका प्रवक्ता डिएसी अनिलकुमार खड्काले बताए । 

प्रकाशित: २५ वैशाख २०७४ ०५:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App