coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

निमालाई शिरीष फाउन्डेसनको छात्रवृत्ति

काठमाडौं– भारतमा सम्पन्न १२औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण पदक जितेकी उसु खेलाडी निमा घर्तीमगरलाई छात्रवृत्ति प्रदान गर्दै कीर्तिमानी पौडी खेलाडी तथा ओलम्पियन शिरीष गुरुङले आफ्नो नाममा फाउन्डेसन स्थापना गरेका छन्।

आइतबार उद्घाटन गरिएको शिरीष फाउन्डेसनले कीर्तिमानी पौडी खेलाडी तथा प्रतिभावान युवा खेलाडीलाई खेलकुद छात्रवृत्ति प्रदान गर्ने अध्यक्ष शिरीषले बताए । उनले अन्तर्राष्टिय सेवासुविधाका उपलब्ध गराउने लक्ष्य साथ खोलिएको फाउन्डेसनबाट ओलम्पिकमा पदक जित्ने खेलाडी उत्पादन गर्ने दाबी गरे।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले फाउन्डेसनको औपचारिक उद्घाटन  गरेका थिए । फाउन्डेसनबाट पहिलो चरणको छात्रवृत्ति पाएकी निमाले १२औं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी थिइन् । निमाले छात्रवृत्तिबाट देशका लागि अझै राम्रो गर्ने हौसला मिलेको बताइन् ।

‘खेलाडीका सुखदुख खेलाडीले मात्रै बुझ्न सक्छन्,’ फाउन्डेसनको उद्देश्य प्रस्ट्याउदै अध्यक्ष तथा ओलम्पियन शिरीषले भने, ‘खेलजीवनमा खेलाडीले कस्तो दुख पाउँछन् त्यो मैले भोगेको छु । नयाँ पुस्ताका खेलाडीले पनि त्यही दुख नपाऊन् भन्ने उद्देश्यले मैले यो फाउन्डेसन स्थापना गरेको हुँ। आशा छ छात्रवृत्ति पाउने खेलाडीमा त्यो दुख दोहरिने छैन।’

छात्रवृत्तिका लागि खेलाडी छनोट गर्न फाउन्डेसनले निश्चित मापदण्ड बनाएको छ। फाउन्डेसनका अनुसार मापदण्डभित्र पर्ने १० देखि १४ वर्षसम्मका खेलाडीलाई राष्ट्रिय संघका अध्यक्ष र मुख्य प्रशिक्षकसँग छलफल गरेर मात्र छात्रवृत्तिका लागि छनोट गरिनेछ। तथापि असाधारण प्रतिभाका कुनै खेलाडी भए उमेरहदभन्दा माथिका खेलाडीलाई पनि छात्रवृत्ति उपलब्ध गराउन सकिने फाउन्डेसनले जनाएको छ।

‘खेलाडी छान्दा उसको पारिवारिक अवस्थाबारे अध्ययन गरेर सम्भावित शारीरिक विकासलाई समेत ध्यान दिइनेछ,’ पौडीमा १४ राष्ट्रिय कीर्तिमान राखेका १९ बर्षे शिरीषले भने, ‘खेलाडीको सुविधाका लागि दक्ष प्रशिक्षकलगायत टेक्निकल टोलीहरू राखिएको छ । उनीहरूले नियमित प्रशिक्षण, सुविधायुक्त अभ्यास, यातायात, बसोबास, नियमित स्वास्थ्य परीक्षण, पोषणयुक्त खानपानका साथै मानसिक रूपमा सक्षम बनाउन अध्ययन गर्ने व्यवस्था रहेको छ।’

गलत प्रयोजनमा प्रयोग हुन सक्ने भन्दै खेलाडीलाई सीधै रकम भने उपलब्ध नगराउने फाउन्डेसनले जनाएको छ।

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले फाउन्डेसनको औपचारिक उद्घाटन  गरेका थिए । फाउन्डेसनबाट पहिलो चरणको छात्रवृत्ति पाएकी निमाले १२औं सागमा नेपालका लागि पहिलो स्वर्ण पदक जितेकी थिइन् । निमाले छात्रवृत्तिबाट देशका लागि अझै राम्रो गर्ने हौसला मिलेको बताइन् ।

‘छात्रवृत्ति पाउँदा निकै खुशी लागेको छ,’ निमाले भनिन्, ‘यसले मलाई थप हौसला प्रदान गरेको छ । देशका लागि अझै ठूलो प्रतियोगतामा स्वर्ण ल्याउने प्रयास गर्नेछु ।’

ओलम्पिकमा खेलिने १५ खेल (एथलेटिक्स, आर्चरी, तेक्वान्दो, जुडो, टेबलटेनिस, ब्याडमिन्टन, कराते, उसु, साइक्लिङ, भारोत्तोलन, ट्रायथलन, सुटिङ, लन टेनिस, बक्सिङ र पौडी) का खेलाडीले यो छात्रवृत्ति पाउनेछन् । शिरीषले ओलम्पिक खेल्न जाँदा पाएको रकम र विभिन्न संस्थााहरूको सहयोगमा फाउन्डेसन स्थापना गर्न सफल भएको बताए ।

‘ओलम्पिक खेल्न जाँदा ७ लाख रकम पाएको थिएँ । त्यही रकमबाट फाउन्डेसन खोल्ने योजना बन्यो,’ शिरीषले थपे, ‘पछि धेरै सहयोगी हातहरू पाएँ । त्यसले फाउन्डेसन स्थापना गर्न सहज भयो ।’

शिरीषले नेपाल सरकार, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, व्यावसायिक प्रतिष्ठान तथा अन्तर्राष्ट्रिय स्तरमा सहयोग जुटाएर खेलाडीलाई छात्रवृत्ति प्रदान गरिने बताए। फाउन्डेसनका अनुसार मापदण्डभित्र पर्ने १० देखि १४ वर्षसम्मका खेलाडीलाई राष्ट्रिय संघका अध्यक्ष र मुख्य प्रशिक्षकसँग छलफल गरेर मात्र छात्रवृत्तिका लागि छनोट गरिनेछ ।

प्रकाशित: २५ वैशाख २०७४ ०४:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App