coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिक पक्राउ

सोल– उत्तर कोरियाले आइतबार अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ। प्योङयाङले किम हाक सोङ नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ गरेको सरकार सञ्चालित ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ ।

एक महिनाको अन्तरालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी नागरिक हुन् भने हालसम्म चार अमेरिकीलाई पक्राउ गरिएको छ । प्राप्त जानकारी अनुसार पक्राउ परेका किम ‘प्योङयाङ यूनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी’ का अध्यापक हन् ।

कुनै स्रोतलाई उल्लेख नगरिकनै उत्तर कोरियाली न्यूज एजेन्सीले पक्राउ परेका किममाथि आवश्यक अनुसन्धान जारी राखिएको जनाएको छ ।

पक्राउ परेका दुवै कोरियाली मुलका अमेरिकी नागरिक भएको र उत्तर कोरियामा शिक्षण पेशामा संलग्न रहेको बताइएको छ । उनीहरु बाहेक दुई अन्य अमेरिकी नागरिक पनि कोरियाली जेलमा बन्दी जीवन बिताइरहेका छन् ।

उत्तर कोरियाले गत शुक्रबार संयुक्त राज्य अमेरिकाको जासुसी निकाय र दक्षिण कोरियाद्वारा आफ्नो सर्वोच्च नेता किम जोङ उनलाई गत महिना सामूहिक समारोहमा हत्या गर्ने गरेको षड्यन्त्रलाई असफल पारेको जनाएको थियो ।

उक्त षड्यन्त्रणमा संलग्न भएको भन्दै केही आरोपितलाई पनि थुनामा लिइएको बताइएपनि कति मानिस अहिले सो मुद्दामा जेलमा छन् त्यो भने पुष्टि हुन नसकेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ ।

प्रकाशित: २५ वैशाख २०७४ ०३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App