७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

‘मदर अफ अल बम्स’ नामप्रति पोपको आक्रोश

लन्डन– इसाई धर्मगुरु पोप फ्रान्सिसले अमेरिकी सेनाले फौजी कारबाहीमा प्रयोग गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली गैरपरमाणु बमको नाम ‘द मदर अफ अल बम्स’ राखिएकोमा असन्तुष्टि जनाएका छन्।

‘आमाले सन्तानलाई जन्म दिन्छिन तर त्यो बमले त मृत्यु दिन्छ अनि त्यस्तो वस्तुलाई हामी आमा भन्छौं। किन यस्तो गरेको होला ?’ पोपले प्रश्न गरे।

भ्याटिकन सिटीमा विद्यार्थीहरुको एउटा समूहलाई सम्बोधन गर्दै उनले अमेरिकाले राखेको बमको उक्त नाम सुनेपछि आफूलाई लाज लागेको बताए। ‘आमाले सन्तानलाई जन्म दिन्छिन तर त्यो बमले त मृत्यु दिन्छ अनि त्यस्तो वस्तुलाई हामी आमा भन्छौं। किन यस्तो गरेको होला ?’ पोपले प्रश्न गरे।

अघिल्लो महिना अमेरिकाले इस्लामिक स्टेटविरुद्ध अफ्गानिस्तानमा करिब ९ हजार ८ सय किलोको ‘मदर अफ बम’ नामक उक्त बम प्रहार गरेको थियो।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले उक्त बम अमेरिकी विमानमार्फत नाङ्हार प्रान्तको पहाडी क्षेत्रमास्थित इस्लामिक स्टेटले प्रयोग गर्ने गुफाहरुमा खसालिएको जनाएको थियो । त्यस बलमे उक्त क्षेत्रमा के कति क्षति पु¥यायो भन्ने विषया अझै विवरण सार्वजनिक भएका छैनन्।

औपचारिक रुपमा जिबियू–फोर थ्री÷बी म्यासिभ ओर्डनेन्स एअर ब्लास्ट बम’ (एमओएबी) भनिने उक्त बमलाई चलनचल्तीमा ‘मदर अफ अल बम्स’ अर्थात ’बमहरुकी आमा’ भन्ने गरिन्छ।

सबैभन्दा सुरुमा उक्त बमको परीक्षण सन् २००३ मा गरिएको थियो तर अफ्गानिस्तान भन्दा पहिले त्यसलाई कुनै फौजी कारबाहीमा प्रयोग गरिएको थिएन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पोपले मे २४ मा भेट्न लागेका छन्।

प्रकाशित: २५ वैशाख २०७४ ०३:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App