७ वैशाख २०८१ शुक्रबार
राजनीति

उपेन्द्र यादबलाई एक्ल्याउने राजपाको रणनीति

काठमाडौं– संघीय गठबन्धनबाट फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई हटाइएको विषयलाई लिएर यादव र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरूबीच आरोप–प्रत्यारोप सुरू भएको छ।

आइतबार विज्ञप्ती जारी गर्दै यादवले संघीय गठबन्धनको अध्यक्षमा आफू कायमै रहेको दाबी गरेका छन्। शनिबार बसेको गठबन्धनका नेताहरूको बैठकले गठबन्धनबाट यादवलाई हटाएका थिए । तर, आफ्नो अनुपस्थितिमा भएको बैठकको वैधानिकतामाथि यादवले प्रश्न उठाएका छन्।

गठबन्धनका नेताले आइतबार पुनः यादव गठबन्धनमा नरहेको दाबी गरे । आइतबार राजपा नेपालका नेताहरू, कुमार लिङदेनलगायतको बैठकले यो दाबी गरेको हो।

राजपा नेपालका नेताहरूले सोमबार पनि बैठक बस्ने जनाएका छन् । सोमबारको बैठकले वर्तमान राजनीतिक परिस्थितिबारे निर्णय गर्ने राजपा नेपालका केशव झाले बताए । फोरम नेपालले स्थानीय तह निर्वाचनमा सहभागी हुने घोषणा गरे पछि  संघीय गठबन्धनमा फुट आएको हो।
 

प्रकाशित: २५ वैशाख २०७४ ०२:२२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App