४ वैशाख २०८१ मंगलबार
राजनीति

उपेन्द्र यादवले भने: संघीय गठवन्धनको संयोजक म नै हुँ

काठमाडौं- उपेन्द्र यादवले संघीय गठबन्धनको संयोजक आँफु नै भएको बताएका छन्। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले आफ्नो सल्लाहमा शनिबार कुनै पनि बैठक आयोजना नभएको प्रष्टयाएका छन्। उनले गठवन्धनको नेतृत्व परिवर्तन नभएको भन्दै भ्रममा नपर्न आग्रह गरेका छन्।

गठबन्धनमा आवद्ध केही दलका नेताहरुको बैठकले यादवलाई संयोजकबाट हटाएर महन्थ ठाकुरलाई जिम्मेवारी दिएपछि यादवको विज्ञप्ती आएको हो।

संयोजक र प्रवक्ता प्रा.डा. ओम गुरुङ लगायत गठबन्धनका अधिकांश बहुमत सदस्यहरुलाई कुनै जानकारी नै नदिई व्यक्तिगत रुपमा आयोजना भएको बैठक सङ्घीय गठबन्धनको बैठक हुन नसक्ने उनले बताएका छन्।

 

प्रकाशित: २४ वैशाख २०७४ १३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App