८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी थापा सम्मानित

प्यूठान– जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्‍याएको भन्दै नागरिककर्मी एलबी थापा सम्मानित भएका छन्। जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो। पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको मूल्यांकन गर्दै थापा यो वर्ष जिल्लाको उत्कृष्ट पत्रकारिता पुरस्बाट सम्मानित भएका हुन्।

हरेक वर्ष जिल्ला परिषद्मा प्रदान गरिने उक्त पुरस्कार यसवर्ष स्थानीय निकाय भंग भएपछि रोकिएको थियो । प्रत्येक वर्ष प्रदान गरिने उक्त पुरस्कारको राशी नगद दश हजार रुपैयाँ छ । विगत एक दशकदेखि जिल्लाको पत्रकारीतामा क्रियाशिल थापा हाल नागरिक दैनिकमा आवद्ध छन्।

साविकको जिल्ला विकास समितिले २०६४ सालदेखि विकासको क्षेत्रमा कलम चलाउने उत्कृष्ट एक जना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ। थापालाई नगद सहित प्रमाणपत्र र दोसल्ला ओढाएर प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले सम्मान गरेका हुन्।

प्रकाशित: २४ वैशाख २०७४ १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App