coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी हत्या गरेर फरार भएका कोइराला पक्राउ

भक्तपुर- खुकरी प्रहार गरी हत्या गरेर फरार भएका कास्की पोखरा महानगरपालिका–५ घर भई मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार बस्ने २७ बर्षीय पारस कोईरालालाई प्रहरीले पक्राउ गरेको छ।

                कोइरालाले आइतबार विहान मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघर डेरा गरी बस्ने एसविआई बैंकको शाखा कार्यालय लैनचौरमा कार्यरत झापा टाँगनडुव्वा घर भएका ३५ बर्षीय सौरव सुवेदीलाई डेरामा बसीरहेको अवस्थामा खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ। सुवेदीलाई उपचारको लागि वि.एण्ड वि. अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।

                उक्त घटनापछि फरार रहेका कोइरालालाई प्रहरीले धादिङ बेनिघाट रोरङ गाउँपालिका–९ स्थित पृथ्वीलोकमार्गबाट बा.६० प ४३१६ नम्वरको मोटरसाइकल सहित पक्राउ गरेको हो।

                 

 

प्रकाशित: २४ वैशाख २०७४ ११:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App