८ वैशाख २०८१ शनिबार
कला

जोलीसँग अलग्गिएपछिकाे पीडा पोख्दै ब्राड पिट

हलिउड स्टार एन्जेलिना जोलीसँग छुटिएको सात महिना पछि उनका पूर्व पति ब्राड पिटले पहिलो पटक अन्तवार्ता दिएका छन् । 

उनले जोली र आफ्ना सन्तानबाट अलग हुनाले भोगेको दुख र पीडालाई अन्तवार्ता मार्फत् व्यक्त गरेका छन् । जोलीसँग छुट्टिएको सात महिना पछि उनले सार्वजनिक रुपमा नै आफ्ना ६ छोराछोरीसँग छुट्टिएपछि एक्लो महसुस गरेको बताएका छन्। 

जोलीसँग छुट्टिएपछि उनले अत्याधिक मात्रामा रक्सी सेवन गर्न थालेका थिए । तर अहिले भने रक्सी पिउने आफ्नो आदतलाई छोडिसकेको बताउने उनी थेरापी लिन थालेको बताउँछन् । जसले उनको ध्यान सन्तुलित बनाउनमा सहयोग गरेकोे महसुस गरेको उनी बताउँछन् । 

कुनै समय ब्राड पिट र एन्जेलिना जोलीको जोडीलाई विश्वले एक नमुना जोडीका रुपमा लिएको थियो । पिटले आफ्नै छोराछोरीलाई कुटेको आरोप जोलीले लगाएपछि उनीहरू बीच खटपट भइ सम्बन्धविच्छेद भएको थियो ।

सन् २००४ देखिको प्रेम सम्बन्धलाई उनीहरूले दश वर्ष पश्चात् विवाहमा परिणत गरेका थिए । तर विवाह पश्चात् भने उनीहरूको सम्बन्ध २ वर्ष भन्दा टिक्न सकेन । जोलीले नै पिटसँग रहन नसक्ने भन्दै डिभोर्सका लागि फाइल उठाएकी थिइन् । उनले पिटमाथि लगाएको बच्चा कुटेको आरोपमा भने पिटले सफाई पाएका थिए । 

डिभोर्स पछिको पीडालाई भुल्नका लागि उनले कलाकृति तिर समय दिन थालेको बताएका छन् । माटो, रबर, लगायतका सामाग्रीको प्रयोग गरी उनले विभिन्न कलाकृतिहरू बनाएका छन् । जोलीसँगको डिभोर्स पश्चात् फिल्म अभिनयमा खासै मन नगएको उनले बताएका छन् ।

 

प्रकाशित: २४ वैशाख २०७४ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App