७ वैशाख २०८१ शुक्रबार
राजनीति

स्थानीय निर्वाचनमा दलहरुले यसरी प्रयोग गर्दैछन् सामाजिक सञ्जाल

काठमाडौं– सामाजिक सञ्जालको विकाससँगै निर्वाचनको प्रचार शैलीमा समेत फेरबदल आएको छ। कुनै समय थियो निर्वाचनमा उम्मेदवारी घोषणा संगै पोष्टर गाउँ सहरका भित्ताहरु पोष्टर र वाल पेन्टिङले कुरुप हुन्थे। तर हिजो आज यसमा कमि आएको छ। अहिले समाजिक सञ्चालका भित्ताहरु रंगीएका छन्।

 स्थानीय तह निर्वाचनको लागि राजनीतिक पार्टीले प्रचारको शैली बदल्दै सामाजिक संञ्जाललाई सक्रिय बनाइरहेका छन्। अहिले सामाजिक संञ्जालको सहज पहुँचमा धेरै मानिस छन्। यसैले राजनीतिक पार्टीहरुले निर्वाचनमा मत माग्न र प्रचार प्रसार गर्न सामाजिक संञ्जाल प्रयोग गरिरहेका छन्।

कुनै समय थियो निर्वाचनमा उम्मेदवारी घोषणा संगै पोष्टर गाउँ सहरका भित्ताहरु पोष्टर र वाल पेन्टिङले कुरुप हुन्थे। तर हिजो आज यसमा कमि आएको छ। अहिले समाजिक सञ्चालका भित्ताहरु रंगीएका छन्।

फेसबुक, ट्वीटर र भाइबर लगायत सामाजिक संञ्जालमार्फत पार्टीहरुले निर्वाचनसम्बन्धी गतिविधिलाई सक्रिय बनाएका छन्। गत साता नेपाली कंग्रेसले आफ्नो फेसबुक एकाउन्ट भेरिफाई गरेको छ। निर्वाचनको लागि रमेश लेखकको संयोजगत्वमा नेपाली कंग्रेसले सञ्चार विभाग बनाएको छ। विभागले प्रचारको लागि न्यु मिडिया टोली बनाएर समाजिक सञ्जालमा आक्रामक प्रचार प्रसार गरिरहेको छ।  

‘हामी भित्र म, सबै अट्ने देश, सबैलाई जोड्ने काँग्रेस’ चुनावी नारासहित नेपाली कांग्रेसले अफिसियल फेसबुक पेजमार्फत चुनावी प्रचारमा सक्रिय छ। कांग्रेसको सामाजिक संञ्जाल फेसबुक र ट्वीटरलाई सुवास अधिकारीको नेतृत्वमा पाँच सदस्य टोलीले हरेक दिन सक्रिय गराईरहेका छन् । ‘नेपाली कांग्रेस सम्बन्धी सकारात्मक पोष्टहरु सामाजिक संञ्जालमा पोष्ट गरिरहेका छौं । फेसबुक र ट्वीटरमार्फत जनतासम्म पुग्ने प्रयास गरिरहेका हुन्छौं,’ अधिकारीले भने,‘ स्थानीय तह निर्वाचनलाई केन्द्रित नेपाली कांग्रेसका नेताहरुसँग लाईभ च्याट गराइरहेका छौं। त्यसबाहेक स्थानीय स्तरमा पुग्न पब्लिक भाइवर ग्रुपलाई समेत सक्रिय भइरहेका छन्।’ सामाजिक संञ्जालमा तत्काल प्रतिक्रिया आइहाल्ने भएकाले चुनावसम्बन्धी गतिविधिलाई प्राथमिकतामा राखिएको उनले बताए । नेपाली कांग्रेसको आधिकारिक पेजलाई एक लाख १२ हजारभन्दा बढीले पच्छाएका छन् ।

 नेकपा एमालेले स्थानीय तह निर्वाचनको लागि फेसबुक, युट्युव, ट्वीटर र भाइवरलाई सक्रिय गराएको छ। ‘कम्युनिष्ट पार्टी अफ नेपाल’ नामक फेसबुक एकाउन्ट, ट्वीटर एकाउन्ट युएमएलसिपिएन, सिपिएनयुएमएल डट ओआरजी वेवसाइट र सिपिएनयुएमएन नेपाल नामक युट्युव च्यानलमार्फत चुनावी गतिविधिलाई सक्रिय गराइएको छ। ‘स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर नेकपा एमालेले सामाजिक संञ्जालमा चुनावी गतिविधि तिब्र गराएको छ। सामाजिक संञ्जालमा चुनावलाई केन्द्रित गरेर तयार भएका पार्टीका सकारात्मक पोष्टहरुलाई हालिरहेका छौं। त्यसबाहेक चुनावको लागि तयार गरिएको गीत, नाटक र पोष्टर लगायत सामाग्री समेत पोष्ट गरिरहेका छौं,’नेकपा एमालेको सामाजिक संञ्जाललाई सक्रिय गराइरहेका प्रेम हुमागाईले भने, हामीले चरणवद्ध रुपमा चुनावी गतिविधिलाई सामाजिक संञ्जालमार्फत लाइभ कार्यक्रम गरिरहेका छौं।’

हाल ‘कम्युनिष्ट पाटी अफ नेपाल’ नामक फेसबुक एकाउन्टलाई ७९ हजारभन्दा बढीले पछ्याएका छन्। त्यसबाहेक पार्टी कार्यलयमा मिडिया सेन्टरमार्फत विभिन्न क्षेत्रमा रहेको पाटी गतिविधिबारे जानकारी गराइएको छ।

त्यस्तै नेकपा माओवादी केन्द्रले भने पार्टी एकिकरणपछि सामाजिक संञ्जाललाई सक्रिय गराउन भ्याएको छैन । ‘विभिन्न पार्टीसँगको एकता पछि आधिकारिक सामाजिक संञ्जालका एकाउन्टहरु खोल्न भ्याईएको छैन । एक साताभित्र आधिकारिक वेवसाईट, फेसबुक, ट्वीटर र युट्युव च्यालनलाई एकसाथ सार्वजनिक गर्दैछौं,’ नेपाल कम्युनिष्ट पाटी माओवादी केन्द्रका शिव खकुरेलले भने।

राप्रपाले भने पार्टीको केन्द्रिय सचिवालय र राप्रपा सूचना प्रविधि नामक दुई फेसबुक एकाउन्टमार्फत चुनावी केन्द्रित गतिविधिलाई सक्रिय गराइरहेको छ। त्यसबाहेक राप्रपाले आरपिपि ट्वीटर एकाउन्टमार्फत प्रचारमा जुटेको छ। ‘राष्ट्र्रिय प्रजातन्त्र पार्टीले सामाजिक संञ्जाललाई सक्रिय गराउन पाँच जनाको टोलीमार्फत पोष्टहरु गरिरहेका छौं । त्यसबाहेक राप्रपाको पब्लिक फेसबुक र भाइबर ग्रुप मार्फत चुनावी गतिविधि गराइरहेका छौं। केहीदिनभित्र सामाजिक संञ्जालमार्फत लाइभ कार्यक्रम गर्दैछौं,’राप्रपाको सामाजिक संञ्जाल विभागका कर्णबहादुर माझीले भने।

नयाँ शक्ति पार्टी, नेपाल , विवेकसिल दल, साझा पार्टीको समाजिक सञ्जालमा चुनावी प्रचार आक्रमक छ। नयाँ शक्तिको आधिकारिक फेसबुकलाई एक लाख २२ हजारभन्दा बढीले पछ्याएका छन्। त्यस्तै १२ हजारभन्दा बढीलेले  ट्वीटरमार्फत फलो गरेका छन् । नयाँ शक्तिले पार्टीको वेब साइटलाई पनि सक्रिय बनाएको छ। पार्टीसँग सम्वन्धित चुनावी गतिविध वेबमा निरन्तर अपडेट गरेको नयाँ शक्तिकि प्रचार विभाग सह-संयोजक अरुणा रायमाझिले बताइन्। यस्तै उम्मेदवारका धारणा र योजनाहरु युट्युवमा राख्ने तथा युट्युव फेसवुक लाइभ गर्ने गरिएको उनले बताइन्। उनका अनुसार दैनिक चुनावी गतिविधि समेटेर हरेकसाँझ वुलेटिन समेत नयाँ शक्तिले निकालिरहको छ। मिडिया तथा सामाजिक सञ्जाल युनिट बनाएर काम गरिरहेको रायमाझिले जानकारी दिइन्। सामाजिक सञ्जाल मार्फत जनाता जान र तुरुन्त प्रतिक्रिया प्राप्त गर्न सहज भएको उनले बताइन् ।

त्यस्तै विवेकसिल नेपालीको आधिकारिक फेसबुकलाई चार लाख ५६ हजारभन्दा बढीले पछ्याएका छन्।  ‘झण्डै तीस जनाभन्दा बढीले विवेकसिल नेपालीको सोसल मिडियासम्बन्धी गतिविधिलाई सक्रिय गरिरहेका छौं। अहिले स्थानीय तह निर्वाचनको लागि सामाजिक संञ्जालमार्फत गतिविधिलाई प्राथमिकता दिएका छौं। विवेकसिल नेपाली र रन्जु दर्शनाको फेसबुक र ट्वीटर एकाउन्टमार्फत बिहान,दिउँसो र बेलुका पोष्ट गरिरहेका छौं । त्यसबाहेक आकसिक पोष्ट र लाइभ समेत गरिरहेका छौं।,’विवेकसिल नेपालीका मिडिया टिमका मिलन पाण्डेले भने,‘चुनाव चिन्ह पाएपछि लाइभ अन्तरक्रियात्मक कार्यक्रम गर्ने तयारी गरिरहेका छौं।’

साझा पार्टीले आफ्नो फेसवुक र ट्विटरमा चुनावी गतिविधिहरुलाई समेटेको छ। पार्टीका उम्मेदवारका साना भिडियोहरु उनीहरुको पेजमा पोष्ट भएका छन्। यस्तै निर्वाचनका घरदैलो अभियानका तस्बिरहरु राखिएका छन्। साझा पार्टीले फेसवुकबाट नै उम्मेदवारसँग अन्तर्क्रियात्मक लाइभ गर्दै आइरहेको छ।  

प्रकाशित: २४ वैशाख २०७४ १०:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App