८ वैशाख २०८१ शनिबार
समाज

माइक्रोबसको ठक्करबाट एकको मृत्यु

चितवन – कुरिनटारमा माइक्रोबसको ठक्करबाट आइतबार मोटरसाइकल चालक लमजुङका २८ वर्षीय विनोदकुमार गुरुङको मृत्यु भएको छ । 

आइतबार बिहान करिब ८ः४५ बजे इच्छाकामना गाउँपालिका–४, कुरिनटार, मनकामना प्रवेशद्वार नजिकै सो दुर्घटनामा अर्का एक जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ६४८८ नंको माइक्रोबसले विपरीत दिशाबाट आउँदै गरेको बा ८३ प ६४८६ नंको मोटरसाइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा परी गम्भीर घाइते भएका विनोदको उपचारका लागि कलेज अफ मेडिकल साइन्सेज भरतपुर ल्याउने क्रममा अाइतबार बिहान करिब ११ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । 

मोटरसाइकलको पछाडि बस्ने उनकी श्रीमती मनिषा घाइते भएको र उनको अहिले कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको छ । माइक्रोबसका चालकलाई भने नियन्त्रणमा लिइएको छ । रासस 

प्रकाशित: २४ वैशाख २०७४ ०८:२४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App