८ वैशाख २०८१ शनिबार
समाज

नागरिककर्मी घिमिरेलार्इ धम्की

काठमाडौँ – नागरिक दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर नागरिककर्मी शिवहरि घिमिरेलाई ज्यान मार्ने धम्की आएको छ । दक्षिण ललितपुरका सामुदायिक वनमा भइरहेको काठ तस्करी र फडानी गरिरहेकोबारे नागरिक दैनिकमा ‘सामुदायिक वनमा जथाभावी फडानी’ भन्ने शीर्षकमा  वैशाख १८ गते समाचार प्रकाशित भएको थियो । 

समाचार प्रकाशित भएपछि वन मन्त्रालयको ध्यानाकर्षण भएको तथा जिल्ला वन कार्यालयले जिल्लाका सामुदायिक वन संरक्षण समितिहरूलाई खबरदारी गरेको र पत्र काटेको भन्दै सरस्वती सामुदायिक वन संरक्षण समिति प्रमुख राजकुमार श्रेष्ठ लगायतबाट नागरिककर्मी घिमिरेलाई व्यक्तिगत गालीगलौज गर्दै ज्यान मार्ने धम्की आएको हो ।

समाचार प्रकाशन भएको पाँच दिनको बीचमा उनलाई बारम्बार फोन गरी धम्की आएको छ । धम्कीबारे महानगरीय प्रहरी परिसर काठमाडौंलाई जानकारी गराइसकेको घिमिरेले जनाएका छन् ।

प्रकाशित: २४ वैशाख २०७४ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App