coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

गोकर्णेश्वरी नगरका स्थानीयलाई स्वच्छ पानी

काठमाडौं- अष्ट्रेलिया र सिंगापुरमा केन्द्रीय कार्यालय भएका दुई विदेश संस्थाहरुले सहयोगपछि गोकर्णेश्वरी नगरपालिकाको वेशिगाउँका स्थानीयहरुले स्वच्छ पानी पिउन पाउने भएका छन्। माइती गरुढा चेरिटेवल टष्ट्र र नोहाफीलटोकी ट्रष्टको सहयोगमा वेसी गाउँ शिवमन्दिर टोलका ३०० बासिन्दालाई स्वच्छ खानेपानीको सहयोग गरेको हो।

अष्ट्रेलियामा रहेको माइती गरुढा र सिंगापुरमा रहेको नोहोफीले २०० लिटराको पानी ट्याङकी र फिल्टर समेत उपलव्ध गराएको छ।

दुवै संस्थाको नेपाल प्रमुख रहेका राजु सुनारले राजधानीमै रहेरपनि फोहोर पानी खान बाध्य भएका स्थानीयहरुलाई ट्रष्टले सानो सहयोग गरेको बताए। शनिवार एक कार्यक्रम गर्दै संस्थाले खानेपानीको साचो स्थानीय टोलवासीलाई हस्तान्तरण गरेको छ।

त्यसैगरि ट्रष्टले स्थानीय ३०० वालवालिकालाई शैक्षिक सामाग्री पनि वितरण गरेको छ। झोला, कापी र ज्यामेट्री वक्स सहितको सेट स्थानीय वालवालिकालाई उपलव्ध गराउदै सहयोग गरेको सुनारले बताए।

कार्यक्रममा नेपाली काग्रेसका सांसद तथा केन्द्रिय दलित संघका अध्यक्ष मिन विश्वकर्माले विदेशी संस्थाहरुलाई धन्यावाद दिए। नेपालमा आएर स्वच्छ खानेपानी नपाएका स्थानमा गरेको  मानविय सहयोगको सट्टा दिने अर्को कुनै बस्तु नभएको बताए। खासगरि दलित वस्तीलाई लक्षित गर्दै संस्थाले गरेको योजना अन्य क्षेत्रमा विस्तार गर्न पनि उनले आग्रह गरे। त्यस्तै कार्यक्रममा वोल्दै नेपाली काग्रेसकी सांसद अम्विका वस्नेतले मानवीय सहयोग भन्दा ठुलो गुन अन्य नभएको बताइन्। ट्रस्टले हालै मात्र नेपाल शाखा खोलेको र अन्य क्षेत्र मा विस्तार गर्दै गरिव र विपन्न स्थानहरुमा यस्तै खानेपानी र शैक्षिक सामाग्री वितरणको कार्य गर्ने अध्यक्ष सुनारले बताए।

प्रकाशित: २४ वैशाख २०७४ ०६:३२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App