coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेले गर्याे उम्मेद्वार सार्वजनिक

पाल्पा – नेकपा एमालेले तानसेन नगरपालिकाको मेयरमा अशोककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पूर्व मेयर शाहीलाई नै स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बनाउने निर्णय गरिएको एमाले पाल्पाले जनाएको छ ।

एमालेले स्थानीय तह निर्वाचनको तानसेन नगरपालिका नगरको मेयर, उपमेयर, वडा अध्यक्ष र सदस्यहरू सार्वजनिक गरेको छ । मेयरमा अशोककुमार शाही र उपमेयरमा लक्ष्मी पाठक सहित अन्य उम्मेद्वार घोषणा गरेको हो । 

आगामी जेठ ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि प्रमुख, उपप्रमुख सहित १४ वटा वडाका अध्यक्ष सदस्यका उम्मेद्वार सार्वजनिक गरेको हो । घोषणासभामा बोल्दै नेकपा एमालेका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले राष्ट्रियताको रक्षा गर्न एमालेको अस्तित्व आवश्यकता रहेको बताए । उनी भन्छन्, ‘पाँच वर्षको अवधिमा प्रतिव्यक्ति आय पाँच हजार डलर बनाउन तथा सम्पूर्ण देशको रक्षाका लागि एमाले जनताको पार्टी हो ।’ केन्द्रीय सदस्य ठाकुर गैरेले देशलाई बचाउन, पाल्पालाई तराईबाट अलग हुन नदिन, तानसेनलाई नमुना सहरको रुपमा विकास गर्न आफ्नो पार्टीलाई विजयी गराउन आह्वान गरे ।

एमाले  तानसेन नगर कमिटी ईन्चाज डा. पुरन बज्राचार्यले उम्मेद्वार घोषणा गर्दै एमाले देशको स्वाधिनताको लडाइमा रहेको बताए । तानसेन नगरपालिकाको वडा अध्यक्षहरुमा पोषकान्त बस्याल,  धर्मचन्द्र नेपाल, महेशलाल शाक्य, बसन्त जिआर, रामबहादुर रावल, रंगनाथ न्यौपाने, हरीप्रसाद पाण्डे, रामप्रसाद घिमिरे, हरीसुमर रेग्मी, दामोदर घिमिरे, देवेन्द्र राना, जुद्धबहादुर थापा, शोभाखर भट्टराईलाई सार्वजनिक गरेको हो । वडा नं १० मा वडा अध्यक्षको नाम केही दिनमा सर्वाजनिक गरिने नेकपा एमाले तानसेन नगर कमिटीले जनाएको छ । 
    

प्रकाशित: २४ वैशाख २०७४ ०६:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App