८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेसको दुई गाडीमा आगजनी

धादिङ – धादिङमा नेपाली काँग्रेसको दुई वटा गाडीमा शनिबार राती आगजनी भएको छ । 

धुनीबेसी नगरपालिका वडा नं ५ बट्टार स्थित पार्टीको सम्पर्क कार्यलयमा राखिएको काँग्रेस नेता विदुर अकौलिया र वडा नं ५ का अध्यक्ष उम्मेदवार नवराज धितालको गाडीमा अज्ञात समूहले आगजनी गरेका हुन् । 

काँग्रेसले स्थानीय तह निर्वाचनको प्रचारप्रसारमा प्रयोग गर्दै आएको बा २ च १७०३ नम्बरको मारुती सुजुकीको गाडी र बा १२ च १२७६ नम्बरको जीपमा  आगजानी गरिएको हो ।

राती १२ बजेतिर गाडीमा आगजनी भएका कारण स्थानीयले तुरुन्त थाहा पाउन नसकेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यलय खानीखोलाले जानकारी दिएको छ । 

यस अघि शुक्रबार राती धादिङकै थाक्रे गाउँपालिकामा एमाले उम्मेद्वारको गाडीमा आगजनी भएको थियो । 

प्रकाशित: २४ वैशाख २०७४ ०५:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App