coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पाँचथरमा चट्याङ लागेर पाँचजना घाइते

पाँचथर – यहाँका दुई छुट्टाछुट्टै स्थानमा गएराति चट्याङ पर्दा पाँचजना घाइते भएका छन् । 

जिल्लाको फिदिम नगरपालिका–१३ स्थित जरिबुटे साङ्खेलुङ हाइड्रो पावरमा परेको चट्याङको झट्का लागी नजिकैको बस्तीका चारजना घाइते भएका छन् । 

जिल्लाको फालेलुङ गाउँपालिका–७, धनमाया आङ्बोको घरमा बसिरहेका बेला चट्याङको झड्का लागी सोही स्थान बस्ने ३० वर्षीय मनकुमार केरुङ घाइते भएको प्रहरीले जनाएको छ । 

झड्का लाग्नासाथ स्थानीय स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । 

चट्याङको झड्काले धनमायाको तीनवटा सुँगुरका पाठासमेत मरेका छन् । सोही समयमा घाइते हुनेमा आफ्नै घरमा बसिरहेका २७ वर्षीय भद्र दुलाल, २५ वर्षीय प्रदीप राई, ३३ वर्षीया जमुना राई र उनका छोरा छ वर्षीय केरवीर राई रहेका छन् । 

उनीहरुको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ । चट्याङको झट्का लागी भद्र दुलालको एउटा भैँसी मरेको छ । रासस 

प्रकाशित: २४ वैशाख २०७४ ०४:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App